Sunday, April 19, 2026
spot_img
spot_img

पर्यटनको बोर्डको सीईओका लागि ३ जनाको नाम सिफारिस

spot_img
spot_img

नेपाल पर्यटन बोर्डको प्रमुख कार्यकारी अधिकृतमा तीन जनाको नाम सिफारिस भएको छ । बोर्ड सदस्य तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव इन्दु घिमिरेको संयोजकत्वमा गठन भएको सीईओ छनोट उपसमितिले १४ जना उम्मेदवारमध्येबाट तीन जनाको नाम सिफारिस गरेको स्रोतले बताएको छ ।

उपसमितिले प्रस्ताव गरेका नाममा पूर्वसीईओ दिपकराज जोशी, निवर्तमान सीईओ धञ्जय रेग्मी र ज्ञानेश्वर सिंह महतो छन् ।बोर्डको सञ्चालक समितिले सीईओ नियुक्त गर्नेछ ।

निवर्तमान सीईओ धन्ञ्जय रेग्मीको कार्यकाल २०८० माघ १४ मा सकिएपछि बोर्ड सीईओ बिहीन थियो ।

बोर्डले सीईओका लागि गरेको विज्ञापनमा बोर्डकै कर्मचारीहरु हिक्मतसिंह ऐर, श्रद्धा श्रेष्ठ, सन्तोषविक्रम थापा, लक्ष्मण गौतम र नविन पोखरेलले निवेदन दिएका थिए ।

खुलातर्फ विजय नेपाल, पदम वन, ठाकुर देवकोटा, राजाराम केसी, ज्ञानिन राई, ज्ञानेश्वर महतो, सुर्य बहादुर घिमिरे, ज्ञानेन्द्र अधिकारी, दिपक बास्ताकोटी, चक्सु मल्ल, कमल डोधरी, रामचन्द्र सेढाई, रामराजा गिरिले आवेदन दिएका थिए । बोर्डका निर्वतमान सीइओ डा. धन्ञ्जय रेग्मी र पूर्वसीइओ दिपकराज जोशीसहित २० जनाले निवेदन दिएका थिए ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

रास्वापाले वैशाख १५ देखि जिल्ला अधिवशेन गर्ने, सोमबार केन्द्रीय समितिको बैठक

राष्ट्रिय स्वतन्त्र पार्टीले यही वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन...

अब कस्तो हुनुपर्छ गाडीको कर नीति ? यसो भन्छन् व्यवसायी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख ६ दलको चुनावी घोषणापत्र...

निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आवश्यकः अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्रलाई...

‘११ महिना’बाट पाठ सिक्दै एक महिनाभित्रै नियुक्त गरियोस् धितोपत्र बोर्ड अध्यक्ष

नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायण श्रेष्ठले वैशाख ४...

भारतमा फिफा विश्वकपका खेल प्रसारण नहुने, नेपालमा के हुन्छ ?

फिफा विश्वकप २०२६ को प्रसारण अधिकार भारतमा अझै बिक्री...
spot_img