ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को अध्यक्षमा सागर पाण्डे निर्वाचित भएका छन्। आज बिहान सम्पन्न मतगणना अनुसार ५८० मत ल्याएर उनी अध्यक्ष निर्वाचित भएका हुन् ।
उनले अध्यक्ष पदका अर्का प्रत्याशी राजेन्द्र सापकोटालाई पराजित गरेका हुन्। सापकोटाले ४८० मत मात्र प्राप्त गरेका थिए ।
वरिष्ठ उपाध्यक्षमा कर्मा शेर्पा , प्रथम उपाध्यक्षमा विष्णुप्रसाद लम्साल तथा द्वितीय उपाध्यक्षमा सनम शेर्पा निर्वाचित भएका छन्। महसचिवममा सोनाम ग्यल्जेन शेर्पा निर्वाचित भएका छन् भने सचिव पदमा भने रिन्जी जाङबु शेर्पा निर्वाचित भएका छन् । कोषाध्यक्षमा गौतम राज वाग्ले र सहकोषाध्यक्षमा लाक्पा तेम्बा शेर्पा निर्वाचित भएका छन्।
सदस्यहरूमा पवित्रा तामाङ अम्बिर बहादुर गुरुङ, विनोद तामाङ, होम बहादुर विश्वकर्मा, फुर्पु छिरिङ ल्होमी (भोटे) निर्वाचित भएका छन्।













