Saturday, July 18, 2026
spot_img

१२० प्रतिशतले बढ्यो आईपीओ निष्काशनको तयारीमा रहेको श्री डिस्टिलरीको आम्दानी

spot_img

आईपीओ निष्काशनमा रहेको श्री डिस्टिलरी लिमिटेडको आम्दानी १२० प्रतिशतले बढेको छ। कम्पनीले सन् २०२३ मा ८ करोड २० लाख आम्दानी गरेकोमा सन् २०२४ मा कम्पनीले १८ करोड १० लाख आम्दानी गरेको हो।

कम्पनीले इन्फोमेरिक्स क्रेडिट रेटिंग मार्फत हालै इन्स्युअर रेटिंग गराएको हो । जसमा जसमा कम्पनीले बीबी माइनसको  इन्स्युअर रेटिंग पाएको छ । जसले कम्पनीलाई वित्तीय दायित्व पुरा गर्न मध्यम जोखिम रहेको देखाउछ।

क्रेडिट प्रतिवेदन अनुसार कम्पनीले अहिले ऋणमुक्त छ। कम्पनीलाई आवश्यक पर्ने पुँजी कम्पनीका लगानीकर्ताले नै हालेका छन् र कम्पनीले ऋण लिनु परेको छैन । कम्पनीसँग नेपाली मदिरा उद्योगमा ३ दशकको अनुभव छ भने कम्पनीका व्यवस्थापन र संस्थापकहरु अनुभवी छन् ।

श्री डिस्टिलरीसँग स्प्रिट उत्पादनको लाईसेन्स पनि रहेको छ। नेपालमा रहेका ८४ डिस्टिलरी कम्पनी मध्ये ८ कम्पनी सँग मात्र स्प्रिट उत्पादनको लाइसेन्स रहेको छ। ति मध्ये एक श्री डिस्टिलरी हो । कम्पनीसँग वार्षिक ८ हजार किलोलिटर स्प्रिट उत्पादन गर्ने लाईसेन्स छ ।

माउन्ट एभरेष्ट व्हिस्की र गोर्खाली रम कम्पनीको सबैभन्दा लोकप्रिय ट्रेडमार्क ब्रान्ड हुन् ।  कम्पनीसँग ४८ लाख ६० हजार लिटर उत्पादन क्षमता रहेको छ । कम्पनीले २०२३ मा १८ लाख लिटर मात्र उत्पादन गरेकोमा सन् २०२४ मा उत्पादन बढेर ३५ लाख लिटर पुगेको थियो । कम्पनीले हाल ७० युपीसम्मको मदिरा उत्पादन गर्ने गरेको छ भने निकट भविष्य मै ४० युपी, ३० युपी र २५ युपीको मदिरा उत्पादन गर्ने तयारी गरेको छ।

कम्पनी भने अहिले घाटा मै रहेको छ।  कम्पनीको संचालन मुनाफा पनि ऋणात्मक रहेको छ। सन् २०२१ मा कम्पनीमा व्यस्थापन परिवर्तन भएको थियो ।  त्यसपछि अब कम्पनीले बजारमा आफ्नो पुरानो शाख फर्काउन रणनीति बनाएको छ। जस मध्ये आईपीओ निष्काशन एक हो । कम्पनीले ९ लाख ६० हजार कित्ता शेयर सर्वसाधारणको लागि निष्काशन गर्नको लागि प्रभु क्यापिटललाई बिक्री प्रबन्धक चयन गरिसकेको छ।

श्री डिस्टिलरी सन् १९८५ मा स्थापना भएको थियो । कम्पनीले सुरुवाती ब्रान्डमा किङ्स प्राइड ह्विस्की, माउन्ट एभरेस्ट ह्विस्की, बन्ड ब्ल्याक लेबल, ओएसिस एक्स्ट्रा ड्राई, श्री स्पेसल नम्बर वान, दुधिया स्पेसल, बुलेट, श्री दुधिया, सगुन लगायत उत्पादन गर्ने गरेको थियो । त्यसपछि बीचमा कम्पनी बन्द भयो ।

कम्पनीले हाल प्रियसी सोफी, प्रियसी दुधिया, सगुन एप्पल, सगुन ग्रिन एप्पल, सगुन एक्स्ट्रा, जोस, स्पेसल नम्बर वान ब्रान्डका मदिरा उत्पादन गरिरहेको छ । कम्पनीले ओएसिस, अल्फा ब्लु र बोन्ड ब्ल्याक लेबल गरी तीन नयाँ ब्रान्ड बजार ल्याउने तयारी पनि गरिरहेको छ ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img