Saturday, September 5, 2026
spot_img

कुमारी क्यापिटलको ओपन म्युचुअल फण्डको लाभांश घोषणा

spot_img

कुमारी क्यापिटलको खुलामुखी सामुहिक लगानी योजना ‘ओपन म्युचुअल फण्ड’ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको छ। कुमारी बैंक कोष प्रबर्द्धक तथा कुमारी क्यापिटल योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको कुमारी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “कुमारी सुनौलो लगानी योजना” नामक खुलामुखी योजनाले प्रतिफल घोषणा गरेको छ ।

आर्थिक वर्ष २०८०/०८१ को लेखा परिक्षणको कार्य सम्पन्न भई योजना व्यवस्थापकको २०८१/०५/१० गते बिहान ११:३० बजे  बसेको संचालक समितिको ७० औं बैठकले आर्थिक वर्ष २०८० / ०८१ का लागि सो योजनाका इकाईधनीहरुलाई कर सहित १०.५० प्रतिशतका दरले हुन आउने प्रतिफल वितरण गर्ने निर्णय गरेको हो । लाभांश वितरण गर्नको लागि भदौ ११ गते बुक क्लोज गरिएको छ । भदौ १० गते गतेसम्म इकाईधनीले उक्त लाभांश पाउन सक्ने छन् ।

“कुमारी सुनौलो लगानी”  एक खुलामुखी योजना रहेको र यस योजनाका इकाईधनीहरुले आफले (प्राप्त गर्ने लाभांश (कर प्राप तथा निर्धारित डिपि शुल्क कट्टी पछि) बराबरको रकमबाट सो लाभांश वितरण पश्चात् समायोजित मूल्यमा लाभांश पुनः लगानी योजना (Dividend Re-investment Plan) मार्फत उक्त रकमले हुन आउने थप इकाईहरु खरिद गर्न सक्ने समेत सुविधा रहेको छ।  सो सुविधा उपभोग गर्न चाहने योग्य इकाईधनीहरुलाई २०८१/०५/२५ गतेका दिन सम्म क्यापिटलमा गइ वा आफै क्यापिटलको वेबसाइट मार्फत अन्लाइन नै आफ्नो नाम दर्ता गर्न क्यापिटलले आग्रह गरेको छ। यस अघि नै सो योजनामा सहभागि हुन आफ्नो नाम दर्ता गराइ सकेका इकाईधनीहरु पुनः आफ्नो नाम दर्ता गराउन पर्ने छैन ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...