Saturday, July 18, 2026
spot_img

यी हुन् गतवर्ष सबैभन्दा धेरै शेयर धितोकर्जा दिने फाइनान्स कम्पनी, मन्जुश्री शिर्ष स्थानमा

spot_img

आर्थिक वर्ष २०८०/८१ मा फाइनान्स कम्पनीहरुले ४ अर्ब बढी शेयर धितो कर्जा प्रवाह गरेको पाईएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार फाइनान्स कम्पनीहरुले गत आर्थिक वर्षमा ४ अर्ब १५ करोड ४६ लाख रुपैयाँ बराबरको शेयर धितोकर्जा प्रवाह गरेका हुन् ।

जस मध्ये मन्जुश्री फाइनान्सले सबैभन्दा धेरै ७७ करोड ६४ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेको छ भने आईसीएफसी फाइनान्सले ५० करोड ७१ लाख शेयर धितोकर्जा प्रवाह गरेको छ। त्यस्तै श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले ४४ करोड ९८ लाख, गुहेश्वरी मर्चेन्ट एण्ड फाइनान्सले ३७ करोड ४७ लाख, रिलायन्स फाइनान्सले ३४ करोड ५५ लाख, बेस्ट फाइनान्सले ३४ करोड ३५ लाख, गोर्खाज फाइनान्सले ३३ करोड ५५ लाख, नेपाल फाइनान्सले ३१ करोड ६९ लाख तथा गुडविल फाइनान्सले २५ करोड ६ लाख रुपैयाँ बराबरको शेयर धितोकर्जा प्रवाह गरेका छन्।

क्यापिटल मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स, मल्टीपर्पस फाइनान्स, र जानकी फाइनान्सले शेयर धितोकर्जा प्रवाह गरेका छैनन् । सेन्ट्रल फाइनान्सले सबैभन्दा कम २ करोड ५० लाख तथा नेपाल शेयर मार्केट एण्ड फाइनान्सले २ करोड ६१ लाख शेयर धितो कर्जा दिएका छन् । पोखरा फाइनान्स, समृद्धि फाइनान्स, र प्रोग्रेसिभ फाइनान्सले क्रमश १० करोड ७३ लाख, १३ करोड २६ लाख र १६ करोड ६ लाख शेयर धितोकर्जा प्रदान गरेका छन् ।

हेर्नुस् कुन फाइनान्सले कति दिए शेयर धितो कर्जा ?

यस अघि: विकास बैंकहरुद्वारा गत वर्ष १५ अर्ब ५९ करोड शेयर धितो कर्जा प्रवाह, कुनको कति ?

वाणिज्य बैंकद्वारा गत वर्ष ७० अर्ब शेयर धितो कर्जा प्रवाह, कुन बैंकको कति ?

 

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img

इन्धन र बिजुलीमा अतिरिक्त शुल्क उठाउन यातायात व्यवसायीको सुझाव

यातायात व्यवसायीको छाता संस्था नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले...

महासंघको रोजगारदाता परिषदले पूर्णता पायो, बाबुकाजी कार्की बने उपसभापति

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गत निजी क्षेत्रको श्रम तथा...

मंसिरमा ‘अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी’ आयोजना हुने, स्टल बुकिङ खुला

नेपालको कृषि क्षेत्रलाई आधुनिकीकरण, यान्त्रीकरण र व्यवसायीकरण गर्ने उद्देश्यका...

७० प्रतिशत रोपाइँ सकियो

असार सकिँदासम्म यस वर्ष ७० प्रतिशत धान रोपाइँ सकिएको...

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...
spot_img