Saturday, June 27, 2026
spot_img

विनोद चौधरीको प्रश्न, ‘लगानीकर्ता निराश छन्, निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो ?

spot_img
spot_img

उद्योगपतिसमेत रहेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले निजी क्षेत्रका लगानीकर्ता निराश रहेको बताएका छन् । कुल लगानी र रोजगारीमा ८० प्रतिशतभन्दा बढीको अभिभारा बोकेको निजी क्षेत्र अहिले निराश र त्रसित रहेको उनको भनाइ छ ।

पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै सांसद चौधरीले पार्टीले निजी क्षेत्रको आकांक्षा, चाहनाको नेतृत्व गर्छ कि गर्दैन भन्ने अन्योल रहेको बताउँदै उत्पादन, राजश्व र निकासी घटिरहेको दृष्टान्त पेश गरे ।

‘निजी क्षेत्रको लिड गर्ने पार्टी कुन हो ? कांग्रेसले यो अवसर गुमाउने त होइन भन्ने चिन्ता मलाई छ’ उनले भने, ‘उत्पादन, राजश्व र आयात घट्नुले खपत घटेको कुरालाई प्रष्टसँग देखाउँछ, हामीले यो कुरालाई अझैपनि गम्भीर रुपमा लिएर हाम्रा राजश्वका दरहरुलाई उत्पादन बढाउनेतर्फ प्राथमिकता दिनुको साँटो सरकार अन्य विभिन्न दलीलका आधारमा व्याख्या गर्ने काममा लागेको पाउँछु ।’

उनले नेकपा एमालेसँग साझेदारी भएर नयाँ सरकार बनेसँगै लगानीकर्तामा आशा पलाएको बताएका छन् । यद्यपी, आर्थिक नीति र दृष्टिकोणका सवालमा नेपाली कांग्रेस अस्पष्ट देखिएको भन्दै चौधरीले कांग्रेसको आर्थिक दृष्टिकोणलाई नयाँ ढंगले परिभाषित गर्नुपर्ने बताएका छन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img