Friday, June 26, 2026
spot_img

लगानी बोर्डको सीइओ नियुक्तिको लागि दरखास्त आह्वान

spot_img
spot_img

सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय अन्तर्गत रहेको लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत सिफारिस समितिको सचिवालयले दरखास्त आह्वान गरेको हो।

यसअघिका कार्यकारी प्रमुख सुशील भट्टको कार्यकाल सकिएसँगै सरकारले आवेदन माग गरेको हो । सार्वजनिक-निजी साझेदारी तथा लगानी ऐन, २०७५ को दफा १२ को उपदफा (५) बमोजिम दरखास्त आह्वान गरिएको हो ।

निवेदन दिने अन्तिम मितिसम्ममा पैंतीस वर्ष उमेर पूरा भएको र पैसठ्ठी वर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्ने छन्। आवेदन दिनको लागि मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, वाणिज्यशास्त्र, कानून, इन्जिनियरिङ्ग वा विकास सम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र परियोजना विकास, सार्वजनिक खरिद, सार्वजनिक-निजी साझेदारी, लगानी प्रवर्द्धन, विकास प्रशासन, बैंकिङ्ग, वित्तीय क्षेत्र वा औद्यौगिक व्यवस्थापनको क्षेत्रमा कम्तीमा दश वर्षको व्यवस्थापकीय अनुभव हासिल गरेको हुनु पर्ने छ।

साथै विदेशी राष्ट्रको स्थायी आवासीय अनुमतिपत्र नलिएको र ऐनको दफा १२ को उपदफा (४) बमोजिम तथा अन्य प्रचलित कानूनले अयोग्य नभएको व्यहोरा लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि सिफारिस सम्बन्धी कार्यविधि, २०८१ को अनुसूची २ बमोजिम स्व-घोषणा पेश गर्नु पर्ने छ।

आवेदन दिंदा नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, योग्यता, अनुभव र सम्पर्क ठेगाना खुल्ने व्यक्तिगत विवरण (Bio-Data),  शैक्षिक योग्यताका प्रमाण पत्रको प्रतिलिपि (विदेशी शैक्षिक संस्थाबाट प्राप्त शैक्षिक उपाधि भएमा समकक्षताको प्रमाणपत्र पेश गर्नुपर्नेछ) , तथा अनुभव खुल्ने प्रमाणको प्रतिलिपि पेश गर्नु पर्ने छ।

नेपालमा लगानीको अवस्था र सम्भाव्यताको विश्लेषण सहित विद्यमान कार्यसम्पादनको अवस्था,  लगानी बोर्डको सबल एवम् दुर्बल पक्ष तथा अवसर र चुनौतिको विश्लेषण (SWOT Analysis ), र भावी रणनीतिक योजना विषयहरुमा बढीमा पाँच हजार शब्दसम्मको नेपाली भाषामा तयार गरिएको रणनीति र कार्ययोजना पेश गर्नु पर्ने छ  ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img