ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको छ । बाढी र पहिरोबाट प्रभावित बनेको सो आयोजनाको मर्मतकार्य समपन्न भएपछि पुन: विद्युत उत्पादन सुरु भएको हो।
गत जेठ ९ गते आएको बाढी र पहिरोको कारणले कम्पनीले पाँचथर र ताप्लेजुङ्ग जिल्ला भई बहने ईङवा खोलामा निर्माण सम्पन्न गरि सञ्चालन गरिरहेको ९.७ मे.वा. को माथिल्लो ईङवा खोला साना जलबिद्युत आयोजनाको विद्युत उत्पादन बन्द भएको थियो। बाढी र पहिरोको कारणले गर्दा आयोजनाको ईन्टेक, पाईपलाईन, पावरहाउस, ट्रान्समिसन लाईन लगायतका बिभिन्न संरचनामा ठुलो क्षति पुगेको थियो।
कम्पनीका अनुसार आयोजनाको मर्मत सम्भार पश्चात Unit 1 बाट २०८३ साउन २१ गतेदेखि र Unit 2 बाट २०८३ भदौ २३ गतेदेखि विद्युत उत्पादन शुरु भएको हो।









