Wednesday, September 9, 2026
spot_img

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

spot_img

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015 बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ।गुणस्तर व्यवस्थापन प्रणाली (Quality Management System) मा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल भएबमोजिम, मिति २०८१ साल श्रावण ३२ (सन् २०२४ अगस्ट १६) देखि लागू हुने गरी बैंक प्रमाणित भएकोमा २०८२ साल भाद्रमा भएको पहिलो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणित हुन सफल भएको थियो।

बैंक २०८३ श्रावण महिनामा भएको तेस्रो सर्भिलियन्स अडिटबाट मिति २०८३ साल श्रावण ३२ (सन् २०२६ अगस्ट १६) देखि लागू हुने गरी पुनः प्रमाणित भएको हो। बैंकले “Provision of Development Banking Activities” अन्तर्गत प्रमाणपत्र प्राप्त गरेको र यस्तो प्रमाणपत्र प्राप्त गर्ने विकास बैंकहरूमध्ये महालक्ष्मी विकास बैंक अग्रणी बैंक बनेको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुरूपको बलियो गुणस्तर व्यवस्थापन प्रणाली कायम गरेका साथै उत्कृष्ट सेवा प्रदान गर्न सक्ने, ग्राहक सन्तुष्टिलाई सुनिश्चित गर्न सक्ने तथा आफ्नो कार्यप्रणालीलाई निरन्तर रूपमा सुधार गर्न सक्ने संस्थाले मात्र यस्तो प्रमाणपत्र प्राप्त गर्न योग्य हुन्छ। यस प्रमाणपत्र प्राप्तिका लागि यस बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँच तथा विस्तृत अडिटसमेत गरिएको थियो।

बैंकले हालै मात्र काठमाडौं, ज्ञानेश्वरमा कफी लाउञ्जसहितको डिजिटल हब सञ्चालनमा ल्याएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कालिन्चोक दर्शन लिमिटेडको लाभांश घोषणा

कालिन्चोक दर्शन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको ...

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...

नबिल इन्भेष्टमेन्टद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले...