नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले असोज २० गते साधारणसभा बोलाएको हो।
कम्पनीको सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ११.०५२६ प्रतिशत नगद लाभांश गरि कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
नबिल इन्भेष्टमेन्ट नबिल बैंकको सहायक कम्पनी हो ।









