Wednesday, September 9, 2026
spot_img

इमर्जिङ नेपालका ठूला शेयरधनीले साढे ८ लाख कित्ताभन्दा धेरै शेयर बिक्री गर्दै

spot_img

इमर्जिङ नेपाल लिमिटेडका ठूला शेयरधनीले साढे ८ लाख कित्ताभन्दा धेरै शेयर बिक्री गर्ने भएका छन् ।  कम्पनीको लकइन अवधि २०८१ फागुन ३ गते नै सकिएको थियो। तर आईजीन विवादका कारण लकइन अवधि सकिएपनि संस्थापक शेयरधनीले शेयर बेच्न पाएका थिएनन् ।

अब भने एकल आईजीन नै कायम हुने गरि नेपाल धितोपत्र बोर्ड र सीडीएससीले निर्णय गरेर कम्पनीलाई पत्राचार गरेसंगै आधारभुत शेयरधनीलाई शेयर बिक्री गर्ने बाटो खुलेको हो। धितोपत्र बोर्डले जारी गरेको निर्देशन अनुसार कम्पनीका ठूला शेयरधनीले शेयर बिक्री गर्न लागेको जानकारी नेप्सेमा गराएका छन् ।

जस अनुसार रिजेन्सी ट्रेडिङ प्रालिले १ लाख कित्ता, विशाल अग्रवालले १ लाख ६७ हजार २ सय ३५ कित्ता, जगदीश प्रसाद अग्रवालले ६९ हजार ४ सय ५० कित्ता, निकुन्ज अग्रवालले १ लाख ६६ हजार ६ सय ८० कित्ता, अनुज अग्रवालले ९१ हजार ६ सय ७४ कित्ता र युनाईटेड डिस्ट्रीब्युटर्सले २ लाख ६२ हजार ५ सय कित्ता शेयर बेच्न लागेका हुन् ।

यी लगानीकर्ताले कुल ८ लाख ५७ हजार ५ सय ३९ कित्ता शेयर बेच्न लागेका हुन् ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

ईङवा हाईड्रोपावरको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु

ईङवा हाईड्रोपावर लिमिटेडको आयोजनाबाट पुन: विद्युत उत्पादन सुरु भएको...

महालक्ष्मी विकास बैंक आइएसओ ९००१ः२०१५ बाट पुनः प्रमाणित

महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ISO 9001:2015...

घर र गाडी किन्न सिटिजन्स बैंकले ५.९९ प्रतिशतमै ब्याज दिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ सेवा...

जेनजी सहिद परिवारको सम्मानमा गोल्याण ग्रुपका अध्यक्ष अक्षय गोल्याणको सन्देश

गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी...

भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन गर्न उपसमिति गठन

संसदको अर्थ समितिले भोटेकोशी बाढीबाट अर्थतन्त्रमा परेको प्रभाव अध्ययन...

नबिल इन्भेष्टमेन्टद्वारा २१ प्रतिशत लाभांश प्रस्ताव

नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले...