Saturday, September 5, 2026
spot_img

हालसम्म २१ म्युचुअल फण्ड र १० कम्पनीको लाभांश घोषणा, कुनको कति ? (सूचीसहित)

spot_img

हालसम्म २१ वटा म्युचुअल फण्ड र १० वटा सूचीकृत कम्पनीहरुले आर्थिक वर्ष २०८२/८३ को लागि लाभांश घोषणा गरेका छन्। भदौ १९ गते शुक्रबार बिहानसम्ममा २१ वटा म्युचुअल फण्ड र १० वटा सूचीकृत कम्पनीहरुले लाभांश घोषणा गरेका हुन्।

लाभांश घोषणा गरेका मध्ये ३ वटा खुलामुखी म्युचुअल फण्ड हुन् भने बाँकी १८ वटा बन्दमुखी फण्ड हुन् । लाभांश घोषणा गरेका मध्ये हिमालयन ८०-२० फण्डले सर्वाधिक १५ प्रतिशत लाभांश घोषणा गरेको छ भने प्रभु सेलेक्ट फण्ड र प्रभु स्मार्ट फण्डले समान १२ प्रतिशत लाभांश घोषणा गरेका छन्।  त्यस्तै  कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फण्ड ,  एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड २ र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले समान १० प्रतिशत लाभांश घोषणा गरेका छन्।

सबैभन्दा कममा मुक्तिनाथ म्युचुअल फण्डले २.२० प्रतिशत, नबिल ब्यालेन्सड फण्ड ३ ले २.५० प्रतिशत तथा कुमारी सबल योजनाले २.९० प्रतिशत लाभांश घोषणा गरेको छ। त्यस्तै सिद्धार्थ सिस्टमेटिक इन्भेष्टमेन्ट स्किमले ३ प्रतिशत तथा एनएमबि ५० ले ३.१५ प्रतिशत लाभांश घोषणा गरेको छ।

हेर्नुस् कुन म्युचुअल फण्डको लाभांश कति ?

कम्पनीतर्फ १० वटाको लाभांश घोषणा 

सूचीकृत कम्पनीतर्फ भने ६ वटा कम्पनीले लाभांश घोषणा गरेका छन् । भदौ १९ गते शुक्रबार बिहानसम्ममा ३ वटा वाणिज्य बैंक सहित १० कम्पनीले लाभांश घोषणा गरेका हुन् ।

जस मध्ये गरिमा विकास बैंकले सबैभन्दा धेरै २० प्रतिशत लाभांश घोषणा गरेको छ भने सुपर मादी हाइड्रोपावरले १५.७८९४ प्रतिशत लाभांश घोषणा गरेको छ । त्यस्तै कामना सेवा विकास बैंक र एभरेष्ट बैंकले समान १५ प्रतिशत लाभांश घोषणा गरेका छन् । कामना सेवाको १५ प्रतिशत नै नगद लाभांश रहेको छ भने एभरेष्टको १० प्रतिशत मात्र नगद रहेको छ।

त्यस्तै मान्डु हाइड्रोपावरले १२ प्रतिशत तथा आईसीएफसी फाइनान्स र शंग्रिला डेभलपमेन्ट बैंकले समान १०.५२६३ प्रतिशत लाभांश घोषणा गरेका छन् । ग्लोबल आईएमई बैंक र सानिमा बैंकले १० प्रतिशत लाभांश घोषणा गरेका छन् ।

हेर्नुस् कुन कम्पनीको लाभांश कति ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

प्रधानमन्त्री राहत कोष र दैवी प्रकोप उद्धार कोषमा ११ अर्बभन्दा बढी संकलन

भोटेकोशी बाढी प्रभावितका लागि सरकारलाई आर्थिक सहयोग जुट्ने क्रम...

नुवाकोटमा सेनाले थाल्यो बेलिब्रिज जडान

नेपाली सेनाले नुवाकोटमा एक बेलिब्रिज जडानको काम सुरु गरेको...

उद्योगीले बढाएको ग्यासको मूल्यलाई निगमको स्वीकृति !

भोटेकोशी र त्रिशुली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी...

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...