Friday, September 4, 2026
spot_img

लागत बढेको भन्दै व्यवसायीले बढाए ग्यासको भाउ

spot_img

त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पृथ्वी राजमार्गको कृष्णभीर क्षेत्रमा सडक कटान भएर यातायात अवरुद्ध भएपछि काठमाडौं उपत्यकामा एलपी ग्यासको आपूर्ति प्रभावित भएको छ। सडक अवरुद्ध हुँदा ग्यास बिक्री–वितरणमा समस्या देखिएपछि नेपाल एलपी ग्यास उद्योग संघले वैकल्पिक मार्ग प्रयोग गरी आपूर्ति व्यवस्था मिलाउन आग्रह गरेको छ।

संघका अनुसार बाढीका कारण काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा एलपी ग्यास सिलिन्डर बिक्री–वितरण चुनौतीपूर्ण बनेको छ। समस्या समाधानका लागि नेपाल आयल निगम र संघबीच भएको बैठकले मकवानपुर, पर्सा, बारा, चितवन, नवलपरासी र धादिङमा रहेका ग्यास उद्योगबाट सिलिन्डर रिफिल गरी ट्रकमार्फत वैकल्पिक मार्गबाट काठमाडौं उपत्यकामा ल्याउने निर्णय गरेको छ।

निर्णयअनुसार काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगहरूले समेत सोही क्षेत्रमा रहेका उद्योगबाट रिफिल गरी सिलिन्डर ल्याउनुपर्नेछ। यसका लागि हेटौंडाबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गर्दा दूरी १३१ किलोमिटर हुने र थप ढुवानी खर्च लाग्ने संघले जनाएको छ।

नेपाल आयल निगमको यसअघि भएको निर्णयअनुसार हेटौंडाको सहारा ग्यास उद्योगबाट काठमाडौंसम्म वैकल्पिक मार्ग प्रयोग गरी ग्यास ल्याउँदा थप हुने ढुवानी भाडा प्रतिसिलिन्डर ९३ रुपैयाँ २६ पैसा तथा नियमानुसार लाग्ने करसहित १०५ रुपैयाँ ३८ पैसा कायम गरिएको संघले जनाएको छ।

संघले भदौ १८ गते सम्पन्न आफ्नो ३१औँ वार्षिक साधारणसभाको निर्णयअनुसार काठमाडौं उपत्यकामा एलपी ग्यास बजारीकरण गर्ने सबै उद्योगलाई निगमले तोकेको प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँमा वैकल्पिक ढुवानीबापतको थप १०५ रुपैयाँ ३८ पैसा जोडेर हुन आउने २ हजार १६५ रुपैयाँ ३८ पैसाभन्दा बढी नहुने गरी ग्यास बिक्री–वितरण गर्न आग्रह गरेको छ।

साथै, विपद्का कारण उत्पन्न असहज परिस्थितिमा ग्यास उद्योगी तथा बिक्रेताहरूलाई नयाँ सिलिन्डरको बजारीकरण नगरी आपूर्ति व्यवस्थालाई सहज बनाउन सहयोग गर्न संघले आग्रह गरेको छ।

नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष विद्यान बहादुर चन्दले असहज परिस्थितिमा उपभोक्तालाई ग्यासको अभाव हुन नदिन उद्योगी तथा बिक्रेतालाई वैकल्पिक व्यवस्थामार्फत आपूर्ति निरन्तर राख्न अनुरोध गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

आफ्नै गतिमा बग्न थाल्यो चमेलिया नदी, जलविद्युत आयोजना सुरक्षित

पहिरोले केही बेर आंशिक थुनिएको चमेलिया नदी आफ्नो पुरानो...

नेपाल भित्रियो विश्व कै पहिलो Soluble Lead-Flow Battery, बन्न सक्छ PROR कै विकल्प

नेपालमा पहिलोपटक Soluble Lead-Flow Battery (SLFB) प्रविधि भित्रिएको छ।...

बाढीका कारण चीनमा फसेका १५५ जना तातोपानी हुँदै नेपाल फर्किए

भोटेकोशी बाढीका कारण चीनतर्फ फसेका १५५ जना नेपाली शुक्रबार...

भोटेकोशी बाढीपीडितको पुनःस्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...