Wednesday, September 2, 2026
spot_img

आजदेखि काठमाडौँ-हेटौडाका सबै रुट ‘वान वे’

spot_img

बाढीका कारण पृथ्वी राजमार्ग अवरुद्द भएसँगै सो मार्ग हुँदै काठमाडौँ आउने सबै सवारी हेटौडाको मार्ग हुँदै चल्न थालेका छन्। जसका कारण हेटौडा र काठमाडौँ जोड्ने विभिन्न राजमार्गमा सवारीसाधनको चाप अत्यधिक बढेको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले विभिन्न राजमार्गलाई वान वे बनाउँदै जिल्लाको हेटाँैडादेखि सङ्घीय राजधानी काठमाडौँमा चल्ने सवारीसाधनको नयाँ रुट आजदेखि निर्धारण गरेको हो। जुन आज भदौ १६ गतेदेखि लागु भएको छ।

जस अनुसार दश चक्कासम्मका सम्पूर्ण मालबाहक तथा ठूला यात्रुबाहक सवारीसाधन त्रिभुवन राजपथ हुँदै काठमाडौँतर्फ जानु पर्ने छ । दश चक्कासम्मका सवारीसाधन काठमाडौँबाट मकवानपुर फर्किंदा भने कान्ति राजमार्ग हुँदै फर्किनु पर्ने छ ।

मौसम र बाटोलगायत यात्रुहरुको सुरक्षालाई समेत मध्यनजर गर्दै कान्ति राजमार्ग हुँदै हेटौँडातर्फ आउने यात्रुवाहक सवारीसाधन अनिवार्य रुपमा साँझ ६ः०० बजेभित्रमा मकवानपुर जिल्लाको इलाका प्रहरी कार्यालय ठिङ्गन चेकपोष्ट पार गरिसक्नुपर्ने छ ।

१४ सिटभन्दा कम क्षमता भएका साना यात्रुवाहक सवारीसाधन काठमाडौँबाट हेटौँडातर्फ आउँदा फर्पिङ–फाखेल–कुलेखानी हँुदै भीमफेदीतर्फ आउने रुट निर्धारण गरिएको छ । त्यसैगरी, काठमाडौँतर्फ जाँदा भने भीमफेदी–कुलेखानी –सिस्नेरी–दक्षिणकाली हुँदै जानु पर्ने छ ।

मकवानपुरको त्रिखण्डी नजिकै रहेको बेलिब्रिजको भारवहन क्षमता कमजोर रहेको हुँदा इन्धन तथा भारी मालबाहक सवारीसाधनले उक्त बेलिब्रिज प्रयोग नगरीसँगै रहेको डाईभर्सन हुँदै जाने व्यवस्था पनि गरिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मञ्जुश्री फाईनान्सद्वारा ३० लाख सहयोग

मञ्जुश्री फाईनान्स लिमिटेडले २०८३ भदौ १० गते भोटेकोशीमा आएको...

बाढी प्रभावितलाई बिना कागजात पनि बैंकिंङ सेवा दिन राष्ट्र बैंकको निर्देशन

नेपाल राष्ट्र बैंकले बाढी प्रभावितलाई बिना कागजात पनि बैंकिंङ...

बाढीपीडितको राहतका लागि काठमाडौं निम्न व्यापारी संघद्वारा १३ लाख ५१ हजार रुपैयाँ सहयोग

भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत...

सुनचाँदीको भाउमा भारी गिरावट

आज बुधबार पनि सुनको भाउ घटेको छ । मंगलबार...

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

ग्लोबल आइएमई बैंकले लाभांश घोषणा गरेको छ। बैंकको भदौ...

सानिमा क्यापिटलको साधारणसभा आह्वान, १० प्रतिशत लाभांश प्रस्ताव

सानिमा क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज...