Thursday, September 3, 2026
spot_img

बाढीपीडितको राहतका लागि काठमाडौं निम्न व्यापारी संघद्वारा १३ लाख ५१ हजार रुपैयाँ सहयोग

spot_img

भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि काठमाडौं निम्न व्यापारी संघ ले १३ लाख ५१ हजार रुपैयाँ सहयोग गरेको छ। संघले महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उक्त रकम हस्तान्तरण गरेको हो।

भृकुटीमण्डप क्षेत्रमा व्यवसाय गर्दै आएका करिब १३ सय व्यवसायी सदस्य आबद्ध रहेको काठमाडौं निम्न व्यापारी संघ व्यवसायीहरूको हकहितसँगै सामाजिक उत्तरदायित्वमा समेत सक्रिय रहँदै आएको छ। भृकुटीमण्डप खुला बजारको इतिहास २०४९ साल पुस २ गते देखि जोडिएको छ। तत्कालीन काठमाडौं नगरपालिका, समाज कल्याण परिषद् र व्यापारीबीच भएको त्रिपक्षीय सम्झौताबाट भृकुटीमण्डप खुला बजार सञ्चालनमा आएको हो।

तत्कालीन काठमाडौं नगरपालिका हाल काठमाडौं महानगरपालिका का रूपमा रहेको छ। खुला बजारमा व्यवसाय गर्दै आएका व्यापारीहरूले करिब ३३ वर्षदेखि विभिन्न चुनौतीका बीच व्यवसाय सञ्चालन गर्दै आएका छन्। सीमित पूर्वाधारमा, लामो समयसम्म प्लास्टिकको छानामुनि समेत व्यवसाय गर्दै आएका व्यापारीहरूले आफ्नो जीविकोपार्जनसँगै राज्यलाई नियमित रूपमा ठूलो आर्थिक योगदान पुर्‍याउँदै आएका छन् ।

संघका अनुसार व्यवसायीहरूले मासिक करिब ४५ लाख रुपैयाँ तथा वार्षिक झण्डै ६ करोड रुपैयाँ भाडा सरकारलाई बुझाउँदै आएका छन्। संघका अध्यक्ष लक्ष्मीप्रसाद ओली अनुसार विपद्को कठिन घडीमा बाढीपीडित नागरिकको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले संघले उक्त रकम प्रदान गरेको हो। ‘हामी व्यवसायीहरूको हकहितका लागि मात्र सीमित छैनौँ। समाजमा आइपर्ने विपद् र दुःखमा आफ्नो क्षमता र सामर्थ्यअनुसार सहयोग गर्नु हाम्रो सामाजिक तथा मानवीय दायित्व हो’ अध्यक्ष लक्ष्मीप्रसाद ओलीले भने ।

ओलीका अनुसार संघले भूकम्प, बाढी, पहिरो, आगलागी लगायतका विभिन्न प्राकृतिक तथा मानवीय विपद्का समयमा विगतमा पनि पटक–पटक राहत तथा आर्थिक सहयोग गर्दै आएको छ। यसपटकको सहयोग पनि संघको निरन्तर सामाजिक उत्तरदायित्वकै एउटा हिस्सा भएको उनले बताए। भृकुटीमण्डपका व्यापारीहरू आफैं अनेकौँ चुनौतीबीच व्यवसाय गर्दै आएका छन् ।

संघमा करिब १३ सय व्यवसायी सदस्य छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सरकारलाई ‘दिल खोलेर’ सघाइरहेको निजी क्षेत्र

भदौ १० गते भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण...

बढ्यो सुनचाँदीको भाउ

आज बिहिबार सुनको भाउ बढेको छ । बुधबार प्रतितोला...

बजार नियन्त्रण बाहिरः खाने तेल कार्टुनमा ५ सय महँगियो, चिनी प्रतिकिलो १६० !

बाढी तथा पहिरोका कारण काठमाडौँ उपत्यकामा दैनिक उपभोग्य वस्तुको...

हिमालयन ८०-२० म्युचुअल फण्डको लाभांश घोषणा

हिमालयन क्यापिटलले संचालन गरेको हिमालयन ८०-२० म्युचुअल फण्डले लाभांश...

मुक्तिनाथ क्यापिटलको साधारणसभा आह्वान, ५ प्रतिशत लाभांश प्रस्ताव

मुक्तिनाथ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीले असोज...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा ५१ लाख सहयोग, कर्मचारीबाट थप ११ लाख संकलन

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले भोटेकोशी बाढी प्रभावितका लागि सरकारमार्फत ५१...