Monday, August 31, 2026
spot_img

एनआरएनए अफ्रिकाबाट नेपालका बाढीपीडितका लागि एक करोडभन्दा बढी रकम जुट्दै

spot_img

नेपालमा आएको बाढीबाट प्रभावित नागरिकका लागि अफ्रिकामा रहेका गैरआवासीय नेपाली संघ (एनआरएनए) का राष्ट्रिय समन्वय परिषद् तथा नेपाली समुदायले राहत संकलन अभियानलाई तीव्र बनाएका छन्। अफ्रिकाका विभिन्न देशमा रहेका नेपालीहरूले मातृभूमिमा परेको विपद्मा सहयोग गर्ने उद्देश्यले सञ्चालन गरेको अभियानबाट हालसम्म उल्लेख्य रकम संकलन भइसकेको छ।

एनआरएनए नाइजेरियाले हालसम्म १८ लाख रुपैयाँ सहयोग संकलन गरेको छ भने एनआरएनए कंगोले १३ लाख रुपैयाँ र एनआरएनए घानाले १ लाख ५० हजार रुपैयाँ संकलन गरिसकेको जनाइएको छ। यसैगरी केन्या, सेसेल्स, तान्जानिया, दक्षिण अफ्रिका, रुवान्डा लगायतका देशमा रहेका एनआरएनए शाखा तथा नेपाली समुदाय पनि राहत संकलन अभियानमा सक्रिय छन्। ती देशहरूमा सहयोग संकलनको क्रम जारी रहेको बताइएको छ।

यसैबीच, एनआरएनए युगान्डाकी अध्यक्ष रमा अर्यालले १० हजार १०१ अमेरिकी डलर नेपालका बाढीपीडितका लागि सहयोग गर्ने घोषणा गरेकी छन्। अफ्रिकामा रहेका नेपाली समुदायबाट व्यक्तिगत तथा संस्थागत रूपमा समेत सहयोग जुटिरहेको छ।

एनआरएनएका पूर्व कोषाध्यक्ष हिक्मत थापाका अनुसार अफ्रिकाका विभिन्न देशमा रहेका एनआरएनए शाखा तथा गैरआवासीय नेपालीहरूबाट एक करोड रुपैयाँभन्दा बढी रकम संकलन हुने अपेक्षा गरिएको छ। उक्त रकम नेपाल सरकारलाई बाढीपीडितको राहत तथा पुनःस्थापनामा प्रयोग हुने गरी हस्तान्तरण गरिनेछ।

नेपालमा प्राकृतिक विपद्का बेला प्रवासमा रहेका नेपालीहरूले निरन्तर सहयोग गर्दै आएका छन्। यसपटक पनि अफ्रिकाका विभिन्न मुलुकमा रहेका नेपालीहरूको सक्रियताले विपद्मा मातृभूमिप्रतिको उनीहरूको ऐक्यबद्धता र मानवीय भावना थप बलियो रूपमा देखाएको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

नुवाकोटको त्रिशुली पारीको भूभाग सडक सञ्जालमा जोडियो

त्रिशुली नदीमा रहेका पुलहरूमा भएको क्षतिका कारण प्रभावित बनेको...

केएल दुगड ग्रुपद्वारा बाढी प्रभावित परिवारलाई खाद्यात्र सामग्री सहयोग

यही भदौ १० गते रसुवा क्षेत्रमा आएको विनाशकारी बाढीबाट...

साञ्जेन जलविद्युत् गृहलाई आइसोलेटेड मोडमा सञ्चालन गर्ने तयारी

बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा पुनःस्थापना...

लेमन ट्री प्रेमियर बुढानिलकण्ठलाई “बेस्ट वेलनेस होटल” अवार्ड

भारतको राजधानी नयाँ दिल्लीमा आयोजित ग्लोबल टुरिज्म एक्सिलेन्स अवार्डमा...

गृहमन्त्री, ऊर्जामन्त्री र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार नुवाकाेटमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकाेटकाे...

रसुवागढी सुरुङबाट फर्कियो सेनाको उद्दार टोली, कोही नभेटिएको भनाई

रसुवागढी जलविद्युत आयोजजाबाट नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली...