Monday, August 31, 2026
spot_img

डिभाइन हेल्थकेयरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

spot_img

डिभाइन हेल्थकेयर लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको लागि  मुक्तिनाथ क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।

सम्झौतामा डिभाइन हेल्थकेयरको तर्फबाट अध्यक्ष युवराज श्रेष्ठ र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र विक्रम ध्वज जोशीले हस्ताक्षर गरेका छन् । कम्पनीले जारी पूँजीको २० प्रतिशत साधारण शेयर सर्वसाधारणहरुलाई विक्री गर्न लागेको हो । उक्त कार्यक्रममा कम्पनीका प्रबन्ध सञ्चालक सुसान्त मुरारका तथा सञ्चालकहरु मनोज के. सि. र विनय तोदी समेत सहभागिता रहेको थियो ।

वि.स. २०७४/७/१४ मा स्थापित डिभाइन हेल्थकेयर लिमिटेड भरतपुर महानगरपालिका-१६, विजय नगर, चितवनमा अवस्थित औषधि उत्पादक कम्पनी हो । कम्पनीले औषधि व्यवस्था विभाग (DDA), स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट उत्पादन तथा बजारीकरण सम्बन्धी दर्ता तथा स्वीकृति प्राप्त गरी गुणस्तरीय मानव औषधिहरूको बिक्री वितरण गर्दै आएको छ । कम्पनीले हाल ६७ प्रकारका औषधिहरू उत्पादन तथा नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीद्वारा उत्पादित औषधिहरूमध्ये Acidex, Nexofast 5 Pregex Range लगायतका औषधिहरू बजारमा उल्लेखीय मात्रामा बिक्री वितरण हुँदै आइरहेका छन् । कम्पनीले यहि माघ महिनादेखि COPD ( Chronic Obstructive Pulmonary Disease) का बिरामीहरूका लागि आवश्यक DPI (Dry Powder Inhaler) औषधिको समेत उत्पादन सुरु गर्ने तयारी गरेको छ ।

करिब १ बिघा क्षेत्रफलमा फैलिएको कम्पनी विगत तीन आर्थिक वर्षदेखि नाफामा सञ्चालन हुँदै आएको तथा हालसम्म बैंक तथा वित्तीय संस्थाबाट ऋण नलिई (Loan Free) मुख्य रूपमा स्वपूँजीबाट सञ्चालन भइरहेको कम्पनीले जनाएको छ । कम्पनीको देशभर १२५ भन्दा बढी वितरकहरूको सञ्जाल रहेको छ । साथै, सार्वजनिक निष्काशनबाट प्राप्त पूँजीलाई कम्पनीले नयाँ प्रविधिको विस्तार, नयाँ औषधिहरूको विकास, विद्यमान औषधिहरूको गुणस्तर सुधार तथा उत्पादन प्रक्रियालाई थप प्रभावकारी, सुरक्षित र गुणस्तरीय बनाउन अनुसन्धान तथा विकास (Research & Development) मा प्राथमिकताका साथ उपयोग गर्ने लक्ष्य राखेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

गृहमन्त्री, ऊर्जामन्त्री र प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार नुवाकाेटमा

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ नुवाकाेटकाे...

रसुवागढी सुरुङबाट फर्कियो सेनाको उद्दार टोली, कोही नभेटिएको भनाई

रसुवागढी जलविद्युत आयोजजाबाट नेपाली सेनाको नेतृत्वमा खटिएको उद्धार टोली...

भोटेकोशी बाढी पीडितलाई रामेछापका व्यवसायी थापाको ५ लाख ११ हजार सहयोग

रामेछापका व्यवसायी श्याम थापाले रसुवा (भोटेकोशी) बाढी पीडितका लागि...

सूर्यकुण्ड हाइड्रोको आयोजना सुरक्षित, विद्युत उत्पादन भने बन्द

सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडले आफ्नो ११ मेगावाटको माथिल्लो तांदीखोला...

आज पनि सस्तियो सुन

आज सोमबार पनि सुनको भाउ घटेको छ । आइतबार...