Friday, August 28, 2026
spot_img
spot_img

बाढी प्रभावितका लागि नुवाकोटका दुई हाइड्रोद्वारा १० लाख सहयोग

spot_img

भदौ १० गते बुधबार बिहान भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीका कारण प्रभावित नागरिकहरूको खोज, उद्धार, तत्काल राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि बाढी प्रभावित क्षेत्र नुवाकोटका दुई वटा जलविद्युत कम्पनीले १० लाख रुपैयाँ सहयोग गरेका छन् ।

एबीपी इनर्जी पब्लिक लिमिटेडले ५ लाख र बुद्धभूमि नेपाल हाइड्रोपावर पब्लिक लिमिटेडले ५ लाख गरि कुल १० लाख रुपैयाँ ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’मा आर्थिक सहयोग जम्मा गरेका हुन् ।  एबीपी इनर्जी पब्लिक लिमिटेडले दुप्चेश्वर–१, घ्याङफेदीमा ८ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ भने बुद्धभूमि नेपाल हाइड्रोपावर पब्लिक लिमिटेडले दुप्चेश्वर–६ तथा पञ्चकन्या–४, नुवाकोटमा ५ मेगावाट क्षमताको आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ ।

दुवै कम्पनीका अध्यक्ष रहेका पूर्णलाल श्रेष्ठले यस विपद्मा ज्यान गुमाउने सम्पूर्ण मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन्। उनले बेपत्ता तथा प्रभावितहरूको यथाशीघ्र उद्धारको आग्रह गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

अध्यक्ष श्रेष्ठले यस दुःखद् परिस्थितिमा सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई संयम, धैर्य र एकताका साथ एक–अर्कालाई सक्दो सहयोग गर्न पनि अपिल गरेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

लोमस फर्मास्युटिकल्सद्वारा बाढी प्रभावितका लागि औषधि सहयोग

लोमस फर्मास्युटिकल्सले बाढी प्रभावित नागरिकहरूका लागि आवश्यक औषधि सहयोग...

होटेल सारथीद्वारा १५.७८९४ प्रतिशत लाभांश घोषणा, साधारणसभा आह्वान

होटेल सारथी लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

होटेल सब्रिना लिमिटेडको साधारणसभा आह्वान

होटेल सब्रिना लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले...

सस्तियो सुन, कति छ भाउ ?

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...

इप्पानले ५ करोड ५ लाख ५० हजार सहयोग गर्ने

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले प्रधानमन्त्री दैवी प्रकोप...

स्काईवेलको मूल्यले अवलोकनकर्ताको ध्यान खिच्यो, ‘इन्क्वायरी’ बढ्दै

भृकुटीमण्डपमा चलिरहेको ‘नाडा अटो शो २०२६’मा स्काईवेल ईभीको मूल्यलाई...