आज सोमबार पनि पनि सुनको भाउ बढेको छ । आइतबार प्रतितोला ३ लाख १९ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आज तोलामा ३ हजार २ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख २२ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ७६ हजार ६ सय ६५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ६५ रुपैयाँमा किनबेच भइरहेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार २ सय ५६ रुपैयाँ ५० पैसा तोकिएको छ ।












