Sunday, June 28, 2026
spot_img

सिवाईसी नेपाल लघुवित्तको सीईओमा डोलिन्द्र प्रसाद शर्मा

spot_img
spot_img

सिवाईसी नेपाल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा डोलिन्द्र प्रसाद शर्मा नियुक्त भएका छन् । कम्पनीको साउन २३ गते बसेको संचालक समितिको बैठकले उनलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई साउन २४ देखि लागु हुने गरि सीइओ नियुक्त गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उनको कार्यकाल ४ वर्षको रहने छ ।

बैक तथा वित्तिय संस्था सम्वन्धि ऐन २०७३ को दफा २९ को १, नेपाल राष्ट्र बैकबाट ‘घ’ वर्गको इजाजतपत्र प्राप्त लघुवित्त वित्तिय संस्थालाई जारी गरिएको एकिकृत निर्दशन २०७९ को निर्देशन नं. ६।०७९ को दफा ३ कार्यकारी प्रमुखको नियुक्ति सम्वन्धी व्यवस्था तथा सिवाईसी नेपाल लघुवित्त वित्तिय संस्था लिमिटेडको नियमावली २०७५ को दफा ३६ साथै मिति २०७४।८।२७ गते नेपाल राष्ट्र बैकबाट जारी गरेको प्रमुख कार्यकारी अधिकृत र संचालक सदस्यहरु नियुक्ति सम्वन्धि व्यवस्था वमोजिम उनलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्ति गर्ने सर्वसम्मत निर्णय भएको कम्पनीले उल्लेख अग्रेको छ।

यस अघि शर्मा कम्पनीको प्रबन्ध संचालक भूमिकामा थिए । तर राष्ट्र बैंकले एकै व्यक्ति संचालक र व्यवस्थापनमा हुन नसक्ने भन्दै एक मात्र पद लिन निर्देशन दिएपछि उनले प्रबन्ध संचालकबाट राजीनामा दिएका थिए । पछि उनले संचालकबाट पनि राजीनामा दिए थिए । अब भने उनी सीइओमा नियुक्त भएका हुन् ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img