Thursday, August 20, 2026
spot_img

अब गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष मात्रै

spot_img

नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्षको मात्रै हुने भएको छ । संसदको अर्थ समितिले राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर, र संचालकको कार्यकाल ३ वर्ष मात्रै राख्ने सहमति गरेको हो। राष्ट्र बैंक ऐन संशोधन विधेयकमाथि छलफल गर्दै अर्थ समितिले गभर्नर, डेपुटी गभर्नर र संचालकको कार्यकाल ३ वर्ष कायम गर्ने सहमति गरेको हो ।

यद्यपि  नेपाल सरकारले कार्यसम्पादन मूल्यांकनका आधारमा मनासिव देखेमा कार्यकाल समाप्त भएको गभर्नर, डेपुटी गभर्नर र संचालकलाई दुई वर्षका लागि पुन: नियुक्ति गर्न सक्ने व्यवस्था राखिएको छ। हाल भने गभर्नर, डेपुटी गभर्नर र संचालकको कार्यकाल ५ वर्षको हुने र गभर्नरलाई १ पटकको लागि र संचालकलाई जतिसुकै पटकको लागि पुन:नियुक्ति गर्न सक्ने व्यवस्था छ ।

समितिले सहमति गरेअनुसार नै विधेयक पारित भएमा अब गभर्नर, डेपुटी गभर्नर र संचालकको पदावधि ३ वर्ष र नेपाल सरकारले पुन:नियुक्ति गरेमा अधिकतम ५ वर्षको मात्र हुनेछ ।

अर्थ समितिले यस अघि नै राष्ट्र बैंकमा कम्तिमा एक जना महिला संचालक हुनैपर्ने व्यवस्थामा सहमति गरिसकको छ।  समितिले राष्ट्र बैंकको संचालक समितिमा एक महिला सहित ७ जना संचालक रहने सहमति गरेको हो।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले लिए सपथ

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज...

अचाक्ली बढ्यो खाद्यान्न र चिनीको भाउ, दशैँ तिहारमा महँगी झन् बढ्ने चिन्ता

चाडवाडको सिजन सुरु नहुँदै खाद्यान्न र चिनीको भाउ अचाक्ली...

अवसर इक्विटी डाइभर्सिफाइड फन्डद्वारा ग्लोबल एग्रो प्रोडक्ट्समा लगानी

अवसर इक्विटी डाइभर्सिफाइड फन्डले ग्लोबल एग्रो प्रोडक्ट्स लिमिटेडमा इक्विटी...

मुक्तिनाथ विकास बैंकद्वारा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कृषि तथा...

धितोपत्र बोर्ड र ब्रोकर संघबीच अन्तरक्रिया

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनमा नेपाल धितोपत्र बोर्ड...

सुनचाँदीको भाउमा भारी वृद्धि

आज बिहिबार सुनको भाउमा भारी वृद्धि भएको छ ।...
spot_img