Thursday, August 20, 2026
spot_img

नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले लिए सपथ

spot_img

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज पद तथा गोपनीयताको शपथ लिएका छन् । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन् ।

उनले आजै पदबहाली समेत गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३ भदौ ३ गतेको निर्णयअनुसार रावल डेपुटी गभर्नरमा नियुक्त भएका हुन् । शपथ ग्रहण समारोहमा सङ्क्षिप्त मन्तव्यसहित गभर्नर पौडेलले डेपुटी गभर्नर रावललाई बधाई ज्ञापन गर्दै सफल कार्यकालको शुभकामना दिए ।

डेपुटी गभर्नर रावलले २०६२ माघ २ गते सहायक निर्देशकको रूपमा बैंक सेवा प्रवेश गरेका थिए । उनी २०६९ सालमा उप– निर्देशक, २०७५ सालमा निर्देशक हुँदै २०८२ जेठ १९ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए । पदोन्नतिपश्चात् उनले बैंक सुपरिवेक्षण विभागको नेतृत्व सम्हाल्दै आएका थिए।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

यसपालीको अटो शो नेपालका लागि गौरव र हर्षको क्षण बन्नेछः अग्रवाल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका कोषाध्यक्ष पंकज अग्रवालले ‘नाडा...

अब गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष मात्रै

नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३...

अचाक्ली बढ्यो खाद्यान्न र चिनीको भाउ, दशैँ तिहारमा महँगी झन् बढ्ने चिन्ता

चाडवाडको सिजन सुरु नहुँदै खाद्यान्न र चिनीको भाउ अचाक्ली...

अवसर इक्विटी डाइभर्सिफाइड फन्डद्वारा ग्लोबल एग्रो प्रोडक्ट्समा लगानी

अवसर इक्विटी डाइभर्सिफाइड फन्डले ग्लोबल एग्रो प्रोडक्ट्स लिमिटेडमा इक्विटी...

मुक्तिनाथ विकास बैंकद्वारा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कृषि तथा...

धितोपत्र बोर्ड र ब्रोकर संघबीच अन्तरक्रिया

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनमा नेपाल धितोपत्र बोर्ड...
spot_img