Thursday, August 20, 2026
spot_img

मुक्तिनाथ विकास बैंकद्वारा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक

spot_img

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कृषि तथा एसएमई (SME) व्यवसाय कर्जामा विशेष सुविधा सार्वजनिक गरेको छ। तीज, दशैं, तिहार तथा छठ पर्व लगायतका चाडपर्वको उत्साहसँगै आर्थिक गतिविधि तथा व्यवसाय विस्तारलाई थप प्रोत्साहन गर्ने उद्देश्यले यो योजना ल्याईएको बैंकले जनाएको छ ।

योजना अनुसार बैंकले कृषि, व्यवसाय तथा एसएमई क्षेत्रमा प्रवाह गर्ने विभिन्न कर्जा शीर्षकहरूमा Base Rate मा प्रकाशित Premium Rate मात्र थप गरी कर्जा उपलब्ध गराउने निर्णय गरेको छ । यस विशेष योजना अन्तर्गत कृषि तथा एसएमई कर्जा शिर्षकमा Premium Rate न्यूनतम ०.५० % मा नै कर्जा प्राप्त गर्न सक्नेछन् । साथै, ग्राहकहरूलाई थप सहुलियत प्रदान गर्ने उद्देश्यले कर्जा प्रवाह गर्दा लाग्ने कर्जा प्रशासनिक शूल्क (Loan Administrative Charge) मा समेत २५% छुट प्रदान गरिने बैंकले जनाएको छ ।

यस योजनाबाट चाडपर्वको समयमा व्यवसायको वृद्धि तथा ग्राहकहरुको वित्तीय आवश्यकतालाई सम्बोधन गर्न कृषि र साना तथा मझौला व्यवसायीहरुलाई आवश्यक पर्ने वित्तीय स्रोत जुटाउन सहयोग पुग्ने बैंकको विश्वास छ । यो विशेष योजना सीमित अवधिका लागि मात्र उपलब्ध हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस योजना अन्तर्गत कृषि तथा एसएमई व्यवसाय विस्तार, उद्यम सञ्चालन, कार्यशील पूँजी तथा सम्बन्धित प्रयोजनका लागि आवश्यक कर्जा लिन चाहने ग्राहकहरूले लाभ लिन सक्नेछन् । अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा SWAP गर्न समेत उक्त कर्जा उपलब्ध हुनेछ ।

बैंकका अनुसार उक्त विशेष कर्जा सुविधा बैंकका देशभर रहेका १७६ वटै शाखाबाट प्राप्त गर्न सकिनेछ। बैंकले ग्राहकहरूलाई आफ्नो नजिकको शाखामा सम्पर्क गरी सम्बन्धित कर्जा उत्पादन, लागू हुने ब्याजदर, आवश्यक कागजात तथा अन्य शर्तसम्बन्धी विस्तृत जानकारी लिन आग्रह गरेको छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले लिए सपथ

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज...

अब गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष मात्रै

नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३...

अचाक्ली बढ्यो खाद्यान्न र चिनीको भाउ, दशैँ तिहारमा महँगी झन् बढ्ने चिन्ता

चाडवाडको सिजन सुरु नहुँदै खाद्यान्न र चिनीको भाउ अचाक्ली...

अवसर इक्विटी डाइभर्सिफाइड फन्डद्वारा ग्लोबल एग्रो प्रोडक्ट्समा लगानी

अवसर इक्विटी डाइभर्सिफाइड फन्डले ग्लोबल एग्रो प्रोडक्ट्स लिमिटेडमा इक्विटी...

धितोपत्र बोर्ड र ब्रोकर संघबीच अन्तरक्रिया

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनमा नेपाल धितोपत्र बोर्ड...

सुनचाँदीको भाउमा भारी वृद्धि

आज बिहिबार सुनको भाउमा भारी वृद्धि भएको छ ।...
spot_img