Thursday, August 20, 2026
spot_img

धितोपत्र बोर्ड र ब्रोकर संघबीच अन्तरक्रिया

spot_img

स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालको आयोजनमा नेपाल धितोपत्र बोर्ड र स्टक ब्रोकर्स एसोसिएसनबीच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। बुधबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल प्रसाद भट्टको प्रमूख आत्तिथ्यतामा पूँजीबजारको सम्बन्धी छलफल भएको हो।

उक्त कार्यक्रमममा बोल्दै बोर्डका अध्यक्ष भट्टले नेपालको पूँजीबजारमा नयाँ प्रडक्टहरु ल्याएर बजारमा उत्साह ल्याउनुपर्नेमा बताए । अध्यक्ष भट्टले सेबोनले अब क्यास अथवा क्रेडिट कारोबार गर्ने नीति अबलम्बन गर्ने बिषयमा जोड दिए । आउँदै गरेको मार्जिन कारोबारले अहिलेको क्रेडिट कारोबारलाई सुधार गर्नेमा पनि उनले बताए । अध्यक्ष भट्टले नेपाल धितोपत्र बोर्डले पूँजीबजारसँग सम्बन्धित केही मार्गदर्शनहरु जारी गर्ने बताए । उक्त मार्गदशनमा लगानीकर्ताहरुको हित गर्ने , जोखिममा आधारित नियमन तथा पूँजीबजारमा संस्थागत सु–सासन कायम गर्ने बिषय समावेश हुने उनको भनाई थियो। उनले प्रथामिक तथा दोस्रो बजारमा सुधार गर्ने बिषयलाई पनि बोर्डले जोड दिएको बताए।

उक्त कार्यक्रमको सभापत्तित्व समेत गरेका संघका अध्यक्ष सागर ढकालले स्वागत मन्तब्य  दिँदै २० ÷२२ बर्ष अघिका ऐनलाई परिमार्जन गर्नु पर्ने बताए। अध्यक्ष ढकालले सेबोनमा नयाँ नेतृत्व आए पछि आँफुहरुले कल्पना गरे भन्दा बढी काम भएको बताए । सेबोनले अब ‘अटो इडिआइएस’ हुने ब्यवस्था ल्याउनु पर्ने अध्यक्ष ढकालले उल्लेख गरेका छन्।

कार्यक्रममा संघमा उपाध्यक्ष नितेश कुमार अग्रवालले पूँजीबजार बिकास सम्बन्धी एक मार्ग चित्र प्रस्तुत गरेका थिए।कार्यक्रम समापन गर्दै नेपाल उद्योग वाणिज्य महासंघको पूँजीबजार फोरमका सभापति तथा ब्रोकर संघका पूर्वअध्यक्ष प्रियराज रेग्मीले नेपाल धितोपत्रबोर्डका अध्यक्षको बिचार प्रष्ट बुझिएको त्यही अनुसार सबै चल्नु पर्नेमा जोड दिए ।सेयरबजारमा सबै भन्दा ठूलो भनेको लगानीकर्ताको विश्वास र लगानीकर्ता नै रहेकोले लगानीकर्ताको हितमा काम गर्नु पर्ने बताए । उनले ब्रोकर ब्यवसाय अब आधुनिक र सम्मानित हुनु पर्ने बिषयमा पनि जोड दिए।

कार्यक्रममा नेपाल धितोपत्रबोर्डबाट अध्यक्ष सहित सम्पुर्ण व्यवस्थापन टीम तथा ८० भन्दा बढी ब्रोकर कम्पनीहरुको सहभागिता रहेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले लिए सपथ

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज...

अब गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष मात्रै

नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३...

अचाक्ली बढ्यो खाद्यान्न र चिनीको भाउ, दशैँ तिहारमा महँगी झन् बढ्ने चिन्ता

चाडवाडको सिजन सुरु नहुँदै खाद्यान्न र चिनीको भाउ अचाक्ली...

अवसर इक्विटी डाइभर्सिफाइड फन्डद्वारा ग्लोबल एग्रो प्रोडक्ट्समा लगानी

अवसर इक्विटी डाइभर्सिफाइड फन्डले ग्लोबल एग्रो प्रोडक्ट्स लिमिटेडमा इक्विटी...

मुक्तिनाथ विकास बैंकद्वारा विशेष कृषि तथा एसएमई कर्जा योजना सार्वजनिक

मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरूका लागि कृषि तथा...

सुनचाँदीको भाउमा भारी वृद्धि

आज बिहिबार सुनको भाउमा भारी वृद्धि भएको छ ।...
spot_img