भारतीय अटोमोबाइल बजारमा उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेको Sierra.ev को नेपालमा आधिकारिक आगमन भएको छ ।
लन्चअघि नै अटो पारखीहरूमाझ व्यापक कौतुहलता सिर्जना गर्न सफल यो मोडल भदौ ९ देखि १४ सम्म काठमाडौँमा आयोजना हुने नाडा अटो शो (NADA Auto Show 2026) मा आधिकारिक रूपमा सार्वजनिक (Launch) गरिँदैछ।
आफ्नो सेग्मेन्टमा अत्याधुनिक प्रविधि, प्रिमियम फिचर्स र विशिष्ट डिजाइनको बेजोड संगम बोकेको Sierra.ev नेपाली बजारमा भित्रिने नयाँ बेन्चमार्क ev मोडल हो । भारतीय बजारमा बिक्री र बुकिङका नयाँ मानक कायम गरेको यस गाडीले नेपाली विद्युतीय सवारीसाधनको क्षेत्रमा समेत नयाँ उचाइ थप्ने अपेक्षा गरिएको छ।
नेपाली सडकको बनावट र आधुनिक चालकको आवश्यकतालाई दृष्टिगत गरी भित्र्याइएको Sierra.ev ले प्रिमियम राइडिङ र ड्राइभिङ डाइनामिक्सको नयाँ मानक स्थापित गर्ने विश्वास लिइएको छ । दमदार रोड प्रेजेन्स, उत्कृष्ट ब्याट्री रेन्ज र मजबुत निर्माण शैलीका साथ आउँदै गरेको Sierra.ev ले नेपालको ev क्षेत्रमा नयाँ व्यावसायिक क्रान्ति ल्याउने अपेक्षा कम्पनीको छ ।









