Thursday, August 20, 2026
spot_img

नेपालीको गौरव र शान मानिने ‘खुकुरी’ संरक्षणमा वल्र्डलिंकको साथ

spot_img

नेपालीको पहिचान, गौरव र शानका रूपमा स्थापित परम्परागत नेपाली खुकुरी बनाउने सीप तथा व्यवसायको संरक्षणमा वल्र्डलिंक कम्युनिकेसन्स लिमिटेडले सहयोग गरेको छ ।

सल्यानको खलङ्गास्थित विश्वकर्मा टोलमा परम्परागत रूपमा खुकुरी निर्माण गर्दै आएका राजु विक र पार्वती विकलाई वल्र्डलिंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुरक्षित टहरा निर्माण गरी हस्तान्तरण गरेको हो ।

परम्परागत सीप र व्यवसायको संरक्षणसँगै स्थानीयस्तरमा स्वरोजगार तथा आयआर्जनका अवसरलाई निरन्तरता दिने उद्देश्यले निर्माण गरिएको उक्त टहराले विक दम्पतीलाई खुकुरी तथा अन्य फलामजन्य सामग्री निर्माणका लागि सुरक्षित र व्यवस्थित कार्यस्थल उपलब्ध गराएको छ ।

नेपाली खुकुरी केवल एउटा हतियार मात्र नभई नेपालीको मौलिक पहिचान, साहस, गौरव र शानसँग जोडिएको छ । यो औजार बनाउने सीप पुस्तौंदेखि हस्तान्तरण हुँदै आएको परम्परागत सीप हो । तर, पछिल्लो समय सुरक्षित कार्यस्थल, आवश्यक पूर्वाधार तथा बजारको अभावका कारण संकटमा पर्दै गएको अवस्थामा वल्र्डलिंकको सहयोगले व्यवसायलाई निरन्तरता दिन थप हौसला मिलेको लाभग्राही राजु विकले बताए ।

खुकुरी निर्माणमा प्रयोग हुने परम्परागत ज्ञान, सीप र प्रविधि नयाँ पुस्तामा हस्तान्तरण गर्दै स्थानीय मौलिकता जोगाउनु आवश्यक रहेको स्थानीयको भनाइ छ । यस किसिमका पहलले “सीप जोगाऔँ, परम्परा बचाऔँ र स्थानीय व्यवसायलाई आत्मनिर्भर बनाऔँ” भन्ने उद्देश्यलाई समेत बल पुर्याउने विश्वास गरिएको छ ।

वल्र्डलिंकले समुदायको आवश्यकता पहिचान गरी सामाजिक तथा आर्थिक रूपमा पछाडि परेका समुदायको सीप संरक्षण, व्यवसाय प्रवर्द्धन र दिगो जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यले विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

टहरा हस्तान्तरण कार्यक्रममा स्थानीय प्रतिनिधि, समुदायका सदस्य तथा वल्र्डलिंकका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा परम्परागत सीप तथा व्यवसायको संरक्षणका लागि स्थानीय समुदाय, सरकार तथा निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेकोमा जोड दिइएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

NIMB प्रकरणमा CBFIN को प्रश्नः अब जलविद्युत्, दूरसञ्चार र पूर्वाधार क्षेत्रमा कसरी ऋण दिनू ?

नेपाल ईन्भेष्टमेन्ट मेगा बैंक (एनआईएमबी) ले गरेको धितो लिलाम...

यसपालीको अटो शो नेपालका लागि गौरव र हर्षको क्षण बन्नेछः अग्रवाल

नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपालका कोषाध्यक्ष पंकज अग्रवालले ‘नाडा...

नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले लिए सपथ

नेपाल राष्ट्र बैंकका नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलले आज...

अब गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३ वर्ष मात्रै

नेपाल राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नरको कार्यकाल ३...

अचाक्ली बढ्यो खाद्यान्न र चिनीको भाउ, दशैँ तिहारमा महँगी झन् बढ्ने चिन्ता

चाडवाडको सिजन सुरु नहुँदै खाद्यान्न र चिनीको भाउ अचाक्ली...

अवसर इक्विटी डाइभर्सिफाइड फन्डद्वारा ग्लोबल एग्रो प्रोडक्ट्समा लगानी

अवसर इक्विटी डाइभर्सिफाइड फन्डले ग्लोबल एग्रो प्रोडक्ट्स लिमिटेडमा इक्विटी...
spot_img