Wednesday, August 19, 2026
spot_img

सेबोनले सार्वजनिक गर्यो मार्जिन ऋण नियमावलीको मस्यौदा, ९ विषयमा माग्यो सुझाव

spot_img
नेपाल धितोपत्र बोर्डले मार्जिन ऋण कारोबार नियमावली, २०८३ को मस्यौदा सार्वजनिक गरेको छ। मार्जिन ऋणसमबन्धि व्यवस्था अहिले पनि संचालनमा रहेको भए पनि यसमा विभिन्न प्रकारका जोखिम रहने भएकाले स्पष्ट नियामकीय तथा जोखिम व्यवस्थापन संरचनाको लागि नियमावली बनाउन लागिएको बोर्डले जनाएको छ।

धितोपत्र बजारमा लगानीकर्ताले आफ्नो उपलब्ध पूँजीको अतिरिक्त नियमनबमोजिम ऋण प्राप्त गरी धितोपत्र खरिद गर्न सक्ने व्यवस्था नै मार्जिन ऋण कारोबार (Margin Lending ) हो। यस व्यवस्थाले लगानीकर्ताको खरिद क्षमता तथा बजारमा पूँजी परिचालन बढाउन सहयोग पुऱ्याउछ।  यसमा वित्तीय लिभरेज (Leverage), बजार मूल्यमा उतारचढाव, तरलता, धितो मूल्यमा कमी तथा ग्राहकको दायित्व उल्लङ्घनबाट हुने जोखिम समेत रहन्छ।

बोर्डका अनुसार प्रस्तावित नियमावलीले मार्जिन ऋण कारोबारलाई अनुमतिप्राप्त संस्थामार्फत व्यवस्थित, पारदर्शी, जोखिममा आधारित र लगानीकर्ता संरक्षणमुखी ढङ्गले सञ्चालन गर्ने कानुनी आधार निर्माण गर्ने उद्देश्य राखेको छ। मस्यौदामा अनुमति, योग्य ग्राहक, योग्य धितोपत्र, मार्जिन खाता, प्रारम्भिक तथा सम्भार मार्जिन, दैनिक बजार मूल्याङ्कन, मार्जिन कल धितो बिक्री, जोखिम व्यवस्थापन, पूँजी पर्याप्तता, सुशासन, ग्राहक सम्पत्ति संरक्षण, सूचना प्रविधि, साइबर सुरक्षा, निरीक्षण, सुपरिवेक्षण तथा संकट व्यवस्थापन समेत समेटिएको छ।

 मार्जिन लेण्डिङ्ग प्रणालीको संरचना मार्फत् योग्य लगानीकर्तालाई स्वःपूँजी (Equity Margin) एवं धितोपत्र दलाल व्यवसायीसँग ऋण लिई लगानी गर्ने अवसर उपलब्ध गराउन बोर्डले मार्जिन ऋण कारोवार (मार्जिन लेण्डिङ्ग) नियमावलीको मस्यौदा तयार पारेको जनाएको छ।  बोर्डले यस विषयमा सरोकारवाला पक्षहरूबाट प्राप्त राय तथा सुझावको अध्ययन गरी मार्जिन लेण्डिङ्ग सम्बन्धी नियमावलीलाई अन्तिम रुप दिने उल्लेख गरेको छ।
यसका लागि सम्बन्धित सबै सरोकारवालालाई बोर्डको इमेल [email protected] मा सुझाव उपलब्ध गराउन बोर्डले आग्रह गरेको छ। बोर्डले मुख्यगरि निम्न ९ विषयमा सुझाव माग गरेको छ।

१. मार्जिन ऋणको Initial Margin र Maintenance Margin निर्धारणका लागि कुन आधार उपयुक्त हुन्छ ?

२. Eligible Securities को सूची स्थिर राख्ने वा जोखिम सूचकका आधारमा गतिशील रूपमा पुनरावलोकन गर्ने व्यवस्था कुन उपयुक्त हुन्छ ?

३. Haircut निर्धारणमा Volatility, Liquidity, Market Capitalization र Free Float लाई कस्तो भार दिन उपयुक्त हुन्छ ?

४. ग्राहकगत तथा Security-wise Exposure Limit कस्तो हुनुपर्छ ?

५. Margin Call तथा Forced Liquidation का लागि प्रस्तावित प्रक्रिया पर्याप्त लगानीकर्ता संरक्षणमुखी र व्यावहारिक छ कि छैन?

६. Broker को आफ्नै स्रोत र बैंक तथा वित्तीय संस्थाबाट प्राप्त ऋणबीच Funding संरचनाको उपयुक्त अनुपात कस्तो हुनुपर्छ ?

७. ग्राहक सम्पत्तिको Segregation, Custody तथा Pledge व्यवस्था CDSC प्रणालीसँग कसरी प्रभावकारी रूपमा एकीकृत गर्न सकिन्छ ?

८. Margin Lending को वास्तविक समय जोखिम अनुगमनका लागि SEBON, NEPSE, CDSC र मार्जिन ऋण प्रदायकबीच कस्तो Data – Sharing तथा IT Architecture आवश्यक हुन्छ ?

९. बजारमा अत्यधिक Leverage वा Forced Liquidation को जोखिम बढेको अवस्थामा बोर्डले तत्काल लिन सक्ने Macro-prudential उपायहरू पर्याप्त छन् कि थप व्यवस्था आवश्यक छ?

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

टाटा कार्निभलको चौथो संस्करणः पूराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने

नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिंगले बिहिबारदेखि...

अब प्याकेजिङ र लेबल बिनाका खाद्यान्न बेच्न नपाइने, शीत भण्डारलाई बिजुली ‘फ्री’

सरकारले आपूर्ति नीति २०६९ खारेज गर्दै नयाँ आपुर्ति नीति...

एनएमबिको नेतृत्वमा देशकै ठूलो निजी हाइड्रोलाई जुट्यो ४४.५५ अर्ब ऋण, १३ BFI को लगानी

निजी क्षेत्रको लगानीमा बन्न लागेको देश कै ठूलो हाइड्रोपावर...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

नाइमा एक्स्पोमा ४४ युनिट म्याक्सस बुकिङ, भदौ १५ सम्म अफर कायमै रहने

हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रा.ली.ले नाइमा नेपाल मोबिलिटी...

रूपाकोट रिसोर्टले आईपीओ निष्काशन गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

रूपाकोट रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img