Wednesday, August 19, 2026
spot_img

एनएमबिको नेतृत्वमा देशकै ठूलो निजी हाइड्रोलाई जुट्यो ४४.५५ अर्ब ऋण, १३ BFI को लगानी

spot_img

निजी क्षेत्रको लगानीमा बन्न लागेको देश कै ठूलो हाइड्रोपावर आयोजनाको लागि वित्तीय व्यवस्थापन सम्पन्न भएको छ। एससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको ४४० मेगावाट क्षमताको तिला १ जलविद्युत आयोजनालाई लगानी जुटेको हो।

आयोजनामा एनएमबि बैंकको नेतृत्वमा १३ वटा बैंक तथा वित्तीय संस्थाले गरेर कुल ४४ अर्ब ५५ करोड ऋण लगानीको लागि सम्झौता गरेका हुन् । मंगलबार कम्पनीकी अध्यक्ष सुसन कर्माचार्य र नेतृत्वकर्ता एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द घिमिरेले ऋण लगानी सम्झौतामा हस्ताक्षर गरेका हुन्।

आयोजनामा नेतृत्वकर्ता बैंकको रुपमा एनएमबि बैंकले १० अर्ब ऋण लगानी गर्ने छ। त्यस्तै सहायक नेतृत्वकर्ता बैंकको रुपमा रहेका ग्लोबल आइएमई बैंक, प्रभु बैंक र हिमालयन बैंकले समान ७ अर्ब ऋण लगानी गर्ने छन् । त्यस्तै नबिल बैंकले ३ अर्ब, नेपाल पूर्वाधार बैंकले २ अर्ब, कृषि विकास बैंकले डेढ अर्ब, मुक्तिनाथ विकास बैंकले डेढ अर्ब, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले डेढ अर्ब, शंग्रिला डेभलपमेन्ट बैंकले सवा अर्ब, एनआईसी एशिया बैंकले १ अर्ब, ज्योति विकास बैंकले १ अर्ब र आईसीएफसी फाइनान्सले ८० करोड ऋण लगानी गर्ने गरि सम्झौता भएको हो ।

कालिकोटमा निर्माण हुने यस आयोजनाको कुल क्षमता ४४० मेगावट रहेको छ ।  जस मध्ये नेपाल विद्युत प्राधिकरणसँग २९८.७५ मेगावाटको लागि मात्र पीपीए भएको छ। बाँकी बिजुली बेच्नको लागि कम्पनी आफैले बजार खोज्ने छ। त्यसको लागि छिटो निजी क्षेत्रलाई पनि विद्युत ब्यापारको लाईसेन्स दिन कम्पनीले आग्रह गरेको छ।

पीपीए भएको २९८ मेगावटको कुल लागत ५९.४० अर्ब रहेको छ। हाल पीपीए भएको क्षमताको लागि मात्र वित्तीय व्यवस्थापन भएको हो। पीपीए भएको कुल लागत मध्ये बैंक तथा वित्तीय संस्थाले ७५ प्रतिशत रकम ऋण लगानी गर्ने भएका हुन् । बाँकी रकम प्रबर्दकले इक्विटीको रुपमा हाल्ने छन् ।

पुरै ४४० मेगावटको लागत भने ७० अर्ब रहेको छ। आयोजनाको मुख्य संरचनाहरु भने पुरै ४४० मेगावाटको लागि  निर्माण हुनेछ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सेबोनले सार्वजनिक गर्यो मार्जिन ऋण नियमावलीको मस्यौदा, ९ विषयमा माग्यो सुझाव

नेपाल धितोपत्र बोर्डले मार्जिन ऋण कारोबार नियमावली, २०८३ को...

टाटा कार्निभलको चौथो संस्करणः पूराना गाडीसँग नयाँ पन्च ईभी र टियागो ईभी साट्न सकिने

नेपालका लागी टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिंगले बिहिबारदेखि...

अब प्याकेजिङ र लेबल बिनाका खाद्यान्न बेच्न नपाइने, शीत भण्डारलाई बिजुली ‘फ्री’

सरकारले आपूर्ति नीति २०६९ खारेज गर्दै नयाँ आपुर्ति नीति...

घट्यो सुनचाँदीको भाउ

आज बुधबार सुनको भाउ घटेको छ । मंगलबार प्रतितोला...

नाइमा एक्स्पोमा ४४ युनिट म्याक्सस बुकिङ, भदौ १५ सम्म अफर कायमै रहने

हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रा.ली.ले नाइमा नेपाल मोबिलिटी...

रूपाकोट रिसोर्टले आईपीओ निष्काशन गर्ने, एनआईसी एशिया क्यापिटलसँग सम्झौता

रूपाकोट रिसोर्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले...
spot_img