Monday, August 10, 2026
spot_img

नाइमा एक्स्पोमा टोयोटाका गाडी किन्दा ३ देखि २१ लाखसम्म छुट, २ नयाँ मोडल सार्वजनिक हुने

spot_img

टोयोटा नेपालले नाइमा मोबिलिटी एक्स्पो २०२६ को अवसरमा ग्राहकहरूका लागि विशेष अफर सार्वजनिक गरेको छ । अगस्ट ११ देखि १६ सम्म काठमाडौंमा आयोजना हुने मोबिलिटी एक्स्पोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकले रु. ३ लाखदेखि रु. २१ लाखसम्मको छुट प्राप्त गर्ने अवसर पाउनेछन् ।

मोबिलिटी एक्स्पोकै अवसरमा टोयोटाले दुई नयाँ मोडल नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । नयाँ मोडलको प्रवेशसँगै नेपाली अटोमोबाइल बजारमा टोयोटाको उपस्थितिलाई थप विस्तार गर्दै ग्राहकका लागि नयाँ उत्पादन तथा अनुभव प्रस्तुत गर्ने कम्पनीको लक्ष्य रहेको छ ।

नाइमा एक्स्पोका लागि ल्याइएको विशेष छुट अटो शो अवधिमा गरिने बुकिङमा मात्र लागू हुने टोयोटा नेपालले जनाएको छ । अफरलाई थप विशेष बनाउँदै टोयोटा नेपालले ग्राहकका लागि विशेष ड्राइभ घोषणा गरेको छ । नाइमा एक्स्पोमा टोयोटाको गाडी बुकिङ गर्ने ग्राहकहरूमध्येबाट लक्की ड्रमार्फत एक जना भाग्यशाली विजेताले एक जोडीका रूपमा “Elite Explorers Kanya Kumari Drive” मा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

त्यसैगरी, एक्स्पोमा टोयोटाको गाडी बुकिङ गर्ने प्रत्येक ग्राहकले Community Drive मा सहभागी हुने अवसर प्राप्त गर्नेछन् ।

टोयोटा नेपालका अनुसार नाइमा एक्स्पो २०२६ का लागि ल्याइएको यो विशेष अफर केवल गाडी खरिदमा सीमित नभई ग्राहकलाई बचत, नयाँ उत्पादन, यात्रा र सामुदायिक अनुभवसँग जोड्ने उद्देश्यले तयार गरिएको हो ।

अगस्ट ११ देखि १६ सम्म आयोजना हुने नाइमा अटो शो २०२६ मा सहभागी भई टोयोटाका विभिन्न मोडल अवलोकन गर्न, दुई नयाँ ब्रान्डको सार्वजनिक तथा विशेष अफरको लाभ लिन टोयोटा नेपालले सम्पूर्ण ग्राहकलाई आमन्त्रण गरेको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

बहुराष्ट्रिय ठूला कम्पनीले नेपालमा २०० अर्ब लगानी थप्दै

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा लगानी गरेका बहुराष्ट्रिय ठूला...

सेबोनलाई रौनियारको १५ सुझाव, आईपीओको १० कित्ते नीतिलाई निरन्तरता दिन आग्रह

अग्रज लगानीकर्ता छोटेलाल रौनियारले नेपाल धितोपत्र बोर्डलाई १५ बुँदे...

ब्रोकर नम्बर ५० मा मार्जिन ट्रेडिङ्ग सेवा सुरु, शेयर किन्न १ करोड ४० लाखसम्म ऋण दिने

ब्रोकर नम्बर ५० अर्थात् क्रिस्टल कञ्चनजंघा सेक्युरिटिज प्रा. लि.ले आफ्ना...

माउण्टेन इनर्जीको सहायक कम्पनीले बनाउने ६५ मेगावाटको दूधखोलालाई जुट्यो १०.०१ अर्ब लगानी 

माउण्टेन इनर्जी लिमिटेडले सहायक कम्पनी मार्फत निर्माण गर्न लागेको...

यी हुन् अर्थमन्त्रीले बाेलाएको छलफलमा सहभागी २० बहुराष्ट्रिय कम्पनीहरु

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका बहुराष्ट्रिय...

स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, र गुणस्तरीय बनाउन पहल

नेपालको स्पा तथा वेलनेस उद्योगलाई थप व्यवस्थित, मर्यादित, व्यावसायिक...
spot_img