नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले भदौ १४ गतेको लागि साधारणसभा बोलाएको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् ।
कम्पनीले आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट २.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले कर प्रयोजनको लागि १५ लाख ५७ हजार ३ सय ४३ रुपैयाँ नगद लाभांश पनि प्रस्ताव गरेको छ ।
कम्पनीको सभामा कम्पनीको उदेश्यसँग मिल्ने कम्पनीसँग मर्जर वा प्राप्ति गर्ने अख्तियारी संचालक समितिलाई दिने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने लगायतका विशेष प्रस्ताव पनि पेश हुने छन्।
यो कम्पनी नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालको पहलमा खुलेको हो। बागलुङको ढोरपाटनमा सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समितिको बैठकले देशभर छरिएर रहेका उद्यमी व्यवसायीहरुलाई समेटी राष्ट्रियस्तरको लगानी कम्पनी स्थापना गर्ने र यसको माध्यमबाट देशमा एक सबल, सक्षम र सहभागितामुलक इक्यूटी बजारको विस्तार गर्ने प्रस्ताव अघि सारेको थियो । जसअनुसार, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल च्याम्बर अफ कमर्स, गैर आवारीय नेपाली संघ र यिनमा आवद्ध सदस्यहरुलाई संलग्न गरी यो कम्पनी स्थापना गरिएको हो । हाल कम्पनीका अध्यक्ष चन्द्र ढकाल छन् भने अन्य संचालकमा विष्णु अग्रवाल, राजेन्द्र मल्ल, भगिरथ सापकोटा छन् ।
यस्तो छ कम्पनीको साधारणसभाको सूचना :










