नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक पदका लागि ३ जनाको नाम सिफारिस भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार निगमको कार्यकारी निर्देशकको लागि ३ जनाको नाम सिफारिस भएको हो।
सिफारिसमा पर्नेमा कौशल केसी, सीए नागेन्द्र शाह र संजिव कुमार देव रहेका छन् । अब यी ३ मध्येबाट मन्त्रिपरिषद बैठकले एक जनालाई निगमको कार्यकारी निर्देशक नियुक्त गर्ने छ।
यस अघि निगमको कार्यकारी निर्देशकको लागि ६ जनालाई सर्टलिस्ट गरेको थियो। सर्टलिस्टमा पर्नेमा छविराज पोख्रेल, कौशल केसी, सञ्जिवकुमार देव, सिए नागेन्द्र साह, सरोजकुमार शर्मा र दिपेन्द्रकुमार देव रहेका थिए।
मन्त्रालयले यही असार २ गतेदेखि असार २२ गतेसम्म म्याद राखेर आयल निगमको कार्यकारी निर्देशक पदको लागि दरखास्त आह्वान गरेको थियो।









