Friday, July 31, 2026
spot_img

११ लाखभन्दा बढी घरमा पुग्यो वर्ल्डलिंक, ३५ प्रतिशत बजार हिस्सा

spot_img

इन्टरनेट तथा डिजिटल सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले ११ लाख एफटीटीएच ग्राहकको उपलब्धि हासिल गरेको छ । यस उपलब्धिसँगै कम्पनीले नेपालको एफटीटीएच बजारमा करिब ३५ प्रतिशत बजार हिस्सा कायम गरेको छ ।

वर्ल्डलिंकले सन् १९९५ मा इमेल सेवाबाट आफ्नो यात्रा प्रारम्भ गरेको थियो । डायल–अप इन्टरनेट, केबल इन्टरनेट र वायरलेस इन्टरनेट सेवादेखि लिएर अत्याधुनिक एफटीटीएच प्रविधिसम्मको यात्रामा कम्पनीले नेपाली उपभोक्तालाई विश्वस्तरीय र भरपर्दो इन्टरनेट सेवा प्रदान गर्दै आएको छ । सन् २०१५ मा एफटीटीएच सेवा सञ्चालनमा ल्याएपछि कम्पनीले देशभर उच्च गतिको इन्टरनेट पहुँच विस्तारलाई तीव्रता दिएको थियो ।

ग्राहकलाई अझ उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्ने उद्देश्यका साथ वर्ल्डलिंकले हालै Wi-Fi 6 प्रविधि सफलतापूर्वक सञ्चालनमा ल्याएको छ । यस प्रविधिले उच्च गतिको इन्टरनेट, फराकिलो कभरेज, न्यून विलम्बता (Low Latency) तथा एकैसाथ धेरै उपकरणहरू जडान हुँदा समेत प्रभावकारी कार्यसम्पादन सुनिश्चित गर्ने भएकाले आधुनिक डिजिटल जीवनशैलीका लागि महत्वपूर्ण मानिएको छ ।

हाल वर्ल्डलिंकको सेवा नेपालका ७४ जिल्लामा विस्तार भइसकेको छ । हिमाली भेगदेखि तराईसम्म तथा दुर्गम जुम्लादेखि विश्वप्रसिद्ध अन्नपूर्ण आधार शिविरसम्म उच्च गतिको एफटीटीएच इन्टरनेट सेवा पुर्‍याएर कम्पनीले डिजिटल पहुँच विस्तार तथा डिजिटल समावेशीकरणमा उल्लेखनीय योगदान पुर्‍याइरहेको छ ।

११ लाख ग्राहकको यो उपलब्धि केवल एक व्यावसायिक माइलस्टोन मात्र नभई ग्राहक, कर्मचारी, साझेदार तथा सम्पूर्ण सरोकारवालाबाट प्राप्त विश्वास, साथ र सहकार्यको प्रतिफल पनि भएको कम्पनीले जनाएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

रिलायबल लाइफको पूर्ण अशक्तता सुविधा अन्तर्गत हरि प्रसाद काफ्लेले पाए ५० लाख दाबी भुक्तानी

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले पूर्ण अशक्तता सुविधा अन्तर्गत बीमित...

कुमारी बैंकद्वारा परिवार सुरक्षा बचत खाताअन्तर्गतको बीमा दाबी रकम हस्तान्तरण

कुमारी बैंकको गौमुल शाखाले परिवार सुरक्षा बचत खाता अन्तर्गतको...

सुनसरी सहितका जिल्लामा देखा परेका अशान्तिपूर्ण गतिविधिप्रति नाडाको चिन्ता

सुनसरी सहितका जिल्लामा देखा परेका अशान्तिपूर्ण गतिविधि, हिंसात्मक घटनाक्रम...

धादिङमा ४९ मेगावाटको सौर्य आयोजना निर्माणको तयारीमा रिन्यू होल्डिङ्स

रिन्यू होल्डिङ्सले धादिङमा ४९ मेगावाट क्षमताको सौर्य आयोजना निर्माणको...

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि ५ जनाको नाम सर्ट लिस्ट

कर्मचारी सञ्चय कोषको प्रशासकको लागि ५ जनाको नाम सर्ट...
spot_img