फिफाले २०२६ विश्वकपमा अहिलेसम्म कै धेरै पुरस्कार राशि वितरण गरेको छ । कुल ८७१ मिलियन अमेरिकी डलर (१ खर्ब ३५ अर्ब नेपाली रुपैयाँ बराबरको) रकम ४८ वटा सहभागी टोलीहरूलाई दिइएको छ ।
सीएनबिसीका अनुसार विजेता स्पेनले ५१ मिलियन डलर अर्थात् ७ अर्ब ८४ करोड नेपाली रुपैयाँ बराबरको रकम पाएको छ। उपविजेता अर्जेन्टिनाले ३४ मिलियन डलर अर्थात् ५ अर्ब २३ करोड नेपाली रुपैयाँ बराबरको रकम पाएको छ।
तेस्रो स्थानको इङ्ल्यान्डले ३० मिलियन डलर अर्थात् ४ अर्ब ६१ करोड नेपाली रुपैयाँ बराबरको रकम पाएको छ। चौथो स्थानको फ्रान्सले २८ मिलियन डलर अर्थात् ४ अर्ब ३० करोड नेपाली रुपैयाँ बराबरको रकम पाएको छ।
क्वार्टरफाइनल पुग्ने टोलीहरू अर्थात् ५–८ औं स्थानका देशहरु हरेकले २० मिलियन डलर पुरस्कार पाएका छन्। राउन्ड अफ १६ पुग्ने टोलीहरु अर्थात् ९–१६ औं स्थानका देशहरु हरेकले १६ मिलियन डलर पुरस्कार पाएका छन्। राउन्ड अफ ३२ पुग्ने देशहरु अर्थात् १७–३२ औं स्थानमा रहने देशहरु हरेकले १२ मिलियन डलर पुरस्कार पाएका छन्। समूह चरणबाट बाहिरिने टोलीहरू अर्थात् ३३–४८ औं स्थानका देशहरुले पनि प्रत्येकले १० मिलियन डलर पुरस्कार पाएका छन्, जुन १ अर्ब ५३ करोड नेपाली रुपैयाँ बराबर हो।
यो रकम राष्ट्रिय फुटबल संघलाई दिइन्छ, खेलाडीहरूलाई होइन । खेलाडीहरूलाई कति दिने भन्ने निर्णय सम्बन्धित संघले गर्छ ।
यो पटकको विश्वकप तीन देशमा आयोजना हुँदा यात्रा र खर्च बढी भएकाले पुरस्कार राशि पनि अघिल्लो संस्करणको तुलनामा निकै बढेको छ । २०२२ मा विजेता अर्जेन्टिनाले ४२ मिलियन डलर पाएको थियो ।









