Friday, July 17, 2026
spot_img

साउनबाट महँगिदै बिजुली, व्यवसायिक ग्राहकलाई १३ प्रतिशतसम्म भ्याट

spot_img

आर्थिक वर्ष २०८३÷०८४ बाट विद्युतमा मूल्य अभिवृद्धि कर (भ्याट) लाग्दैछ । अर्थात्, साउन १ गतेबाट बिजुलीमा बजेटमा घोषणा भए अनुसारको भ्याट लागू हुँदैछ ।

यसअघि जेठ १५ गते संसदमा आर्थिक वर्ष २०८३÷०८४ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बिजुलीमा भ्याट लगाउने घोषणा गरेका थिए । जस अनुसार आन्तरिक राजस्व विभागले यसको तयारी सम्पन्न गरेको छ । साथै, बिलिङ गर्ने निकाय नेपाल विद्युत प्राधिकरणले पनि यसका लागि आफूलाई तयारी अवस्थामा राखेको छ ।

उपभोक्तालाई ५, अन्यलाई १३ प्रतिशत
घरायसी उपभोक्ताले अब विद्युत खपतमा ५ प्रतिशतका दरले भ्याट तिर्नुपर्नेछ । यस अनुसार अब मासिक ५० युनिटभन्दा बढी विद्युत खपत गर्ने घरायसी ग्राहकले ५० युनिटभन्दा माथिको खपतमा भ्याटसमेत जोडेर महशुल तिर्नुपर्नेछ ।

‘साउनबाट लागू हुने भएकाले हामीले तयारी अन्तिम चरणमा पुर्‍याएका छौँ । साउनको बिल भदौमा हुने भएकाले बिलिङ गर्ने बेलासम्म सबै तयारी सक्छौँ’ प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले भने ।

सरकारले बिजुलीमा भ्याट लगाउने भनेपनि यसअघिसम्म प्राधिकरण आफैँ भने भ्याटमा दर्ता थिएन । अहिले भने प्राधिकरणलाई पनि भ्याटमा दर्ता गराउनका लागि आवश्यक प्रक्रिया अघि बढाइसकिएको निमित्त कार्यकारी निर्देशक श्रेष्ठ बताउँछन् ।

साथै, घरायसी बाहेकका ग्राहकले भने १३ प्रतिशत भ्याट तिर्नुपर्नेछ । आन्तरिक राजस्व विभागले घरायसी ग्राहकलाई मात्रै अन्तिम उपभोक्ताका रुपमा ब्याख्या गर्दै बाँकी सबैले १३ प्रतिशत भ्याट तिर्नुपर्ने व्यवस्था गरेको हो । विद्युत प्राधिकरणले आन्तरिक राजस्व विभागसँगको परामर्श, छलफल र उसले गरेको ब्याख्या अनुसारकै बिलिङ प्रणाली विकास गरिसकेको बताइएको छ ।

यस आधारमा औद्योगिक तथा व्यवसायिक ग्राहकले १३ प्रतिशत भ्याट तिर्नुपर्ने भएको छ । सरकारी कार्यालय, संस्थान, सरकारी तथा निजी अस्पताल र विद्यालयसहित उद्योग तथा ब्यापारिक प्रतिष्ठान वा फर्म सबैले १३ प्रतिशत नै भ्याट तिर्नुपर्ने भएको छ । यति मात्रै होइन, सिँचाइ, खानेपानी, सडकबत्ती, चार्जिङ स्टेशन, होटल तथा रेष्टुरेन्ट लगायतलाई पनि १३ प्रतिशत नै भ्याट लगाइएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

राष्ट्र बैंक ऐन संशोधनबारे सिबिफिन र बैंकर्स संघसँग छलफल गर्दै अर्थ समिति

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐन २०५८...

एनटीसीको सिम हराएको छ ? अब अनलाइनबाटै दिन सकिन्छ आवेदन

नेपाल टेलिकमले सिमकार्ड हराएमा वा बिग्रेमा अनलाइबाटै आवेदन दिन...

राष्ट्र बैंक ऐन किन संशोधन गर्न लागियो ? यस्तो छ अर्थमन्त्रीको जवाफ

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

आगामी वर्ष विद्युत् पूर्वाधारमा ८० अर्ब लगानी, १२ प्रसारण लाइन सम्पन्न गर्ने सरकारको लक्ष्य

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ मा विद्युत् उत्पादनभन्दा पनि...

नेपाल–भारत ऊर्जा सहकार्यमा भएको नयाँ उपलब्धिलाई निक्कीको स्वागत

पोखरामा सम्पन्न नेपाल–भारत ऊर्जा क्षेत्रसम्बन्धी संयुक्त निर्देशक समितिको १३औँ...

शिक्षा मन्त्रीको राजीनामाको माग गर्दै २० दिनदेखि सोनम वाङ्चुक अनसनमा, ९.१ किलो घटे

भारतका जलवायु अभियन्ता, तथा शिक्षाविद् सोनम वाङ्चुक विगत २०...
spot_img