Tuesday, July 14, 2026
spot_img

हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्ने सम्बन्धि प्रतिवेदन मन्त्रीलाई बुझाइयो

spot_img

हेटौंडा कपडा उद्योग पुनः सञ्चालनका लागि उद्योग मन्त्रालयको कार्यदलले तयार पारेको अध्ययन प्रतिवेदन उद्योगमन्त्री गौरीकुमारी यादवलाई बुझाइएको छ । उद्योग सञ्चालनको प्रतिवेदन अध्ययन कार्यदलले तत्काल परीक्षण उत्पादन थाल्ने र थप रणनीतिक योजनासहित पूर्ण क्षमतामा उद्योग सञ्चालन गर्ने खाकासहितको प्रतिवेदन बुझाएको हो ।

उद्योग मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखाका प्रमुख रामबन्धु सुवेदीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको हो । प्रतिवेदन बुझ्दै मन्त्री यादवले हेटौंडा कपडा उद्योग पुनः सञ्चालन गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको बताइन् ।

यता, कार्यदलले प्रतिवेदन मन्त्रीलाई बुझाएको भएपनि त्यस अगाडि नै नेपाली सेनाले दुई महिनाभित्र उद्योगबाट परीक्षण उत्पादन सुरु गर्ने गरी आवश्यक तयारी तीव्र पारेको छ । अर्थ मन्त्रालयबाट विनियोजित बजेटअनुसार सेनाले मेसिन मर्मत सुरु गरिसकेको छ ।

अर्थ मन्त्रालयले असार पहिलो साता सेनाको सैनिक सामग्री उत्पादन निर्देशनालयलाई ३३ लाख रुपैयाँ बजेट निकासा गरिसकेको छ । अहिले सेनाको प्राविधिक टोलीले उद्योग स्थलमा सरसफाइ र मेसिन मर्मतको काम सुरु गरिसकेको छ । परीक्षण उत्पादनका लागि सेनाले नै आवश्यक कच्चा पदार्थसमेत खरिद गरिसकेको छ ।

उद्योगको भौतिक संरचना तथा पूर्वाधार मर्मत गर्न पूर्वाधार विकास मन्त्रालयले ५० लाख रुपैयाँको लागत अनुमान पेश गर्दै मर्मतको जिम्मेवारी लिएको छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

पुँजीबजार सुधारको लागि धितोपत्र बोर्डले सार्वजनिक गर्यो ८ वटा योजना

नेपाल धितोपत्र बोर्डले पुँजीबजार सुधारको लागि ८ वटा योजना...

यस्ता छन् मन्त्रिपरिषद् बैठकका ५ निर्णय

आज असार ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ५...

प्रोटोन इ.मास ५ को बुकिङ खुला, ग्राहकले पुर्वानुमान गरेकै मूल्यमा गाडी किन्न सक्ने

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले...

निजी मिडियालाई सरकारी सूचना नदिने सरकारको निर्णय सर्वोच्चद्वारा खारेज

निजी र सामुदायिक सञ्चार माध्यममा सरकारी विज्ञापन तथा सूचना...

धुनीवेशीका स्थानीयका लागि युनाईटेड सिमेन्ट्सको निःशुल्क स्वास्थ्य शिविर

युनाईटेड सिमेन्ट्सले धुनीवेशी नगरपालिका–९ का स्थानीय बासिन्दाका लागि निःशुल्क...
spot_img