Saturday, July 11, 2026
spot_img

भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा

spot_img

गत वर्ष भदौको जेन् जी आन्दोलनका क्रममा क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको विराटनगर आउटलेट सञ्चालनमा आएको छ । यो आउटलेट शनिबारदेखि पुनः सञ्चालनमा आएको हो ।

पुनर्निर्माणपछि आउटलेट व्यावसायिक रूपमा सञ्चालनमा आएको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलले जानकारी दिए । शनिबार बिहान भाटभटेनीकी सञ्चालिका सावित्री गुरुङले वैदिक सनातन परम्परा पूजापाठ गरी आउटलेटको शुभारम्भ गरेकी हुन् ।

क्षतिग्रस्त आउटलेट पुनर्निर्माणका क्रममा खटिएका करिब ३०० मजदुर र कामदारलाई त्यस अवसरमा सम्मान पनि गरिएको छ ।

पुनर्निर्मित स्टोरमा आधुनिक सुरक्षा प्रणाली, अत्याधुनिक विद्युतीय पूर्वाधार जडान गरिएको छ ।

जेनजी आन्दोलनका क्रममा देशभरका भाटभटेनीका २८ शाखामध्ये १२ वटा पूर्ण रूपमा ध्वस्त भएका थिए भने ९ वटामा व्यापक लुटपाट र क्षति पुगेको थियो । यसबाट कम्पनीलाई करिब १० अर्ब ८५ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

ऋण असुलीबाट शिव शिखरका थप ९६ जना पिडितले पाए बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले शिव शिखर सहकारीका थप बचतकर्ताको...

प्रदेशभित्रको सार्वजनिक यातायातका समस्या समाधान गर्ने मुख्यमन्त्रीको प्रतिवद्धता

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बाँनियाले प्रदेशभित्र देखिएका सार्वजनिक यातायातका...

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १,...
spot_img