Friday, July 10, 2026
spot_img

चेम्बर अफ कमर्स र भारतको बेनेट विश्वविद्यालयबीच उद्यमशीलता र नवप्रवर्तनमा सहकार्य गर्ने समझदारी

spot_img

नेपाल चेम्बर अफ कमर्स र भारतको बेनेट बीच उद्यमशीलता, नवप्रवर्तन, सीप विकास तथा उद्योग–शैक्षिक सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ । चेम्बर भवन जमलमा शुक्रबार उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

समझदारी अनुसार दुवै संस्थाले दीर्घकालीन रणनीतिक साझेदारीमार्फत शिक्षा, उद्योग, स्टार्टअप, लगानी समुदाय तथा नीतिनिर्माण तहलाई जोड्ने साझा इकोसिस्टम निर्माण गर्नेछन् । यस सहकार्यबाट व्यावसायिक सीप अभिवृद्धि, उद्यमशीलता विकास, कार्यगत शिक्षा, उद्योग–शैक्षिक सहकार्य, स्टार्टअप इन्क्युबेसन तथा एक्सेलेरेशन, नेतृत्व विकास, लगानी प्रवद्र्धन तथा अनुसन्धान एवं ज्ञान आदान–प्रदानका विविध कार्यक्रम सञ्चालन गरिने उल्लेख गरिएको छ ।

सम्झौताअन्तर्गत उद्यमी, व्यवसायी, साना तथा मझौला उद्योग (एसएमई÷एमएसएमई), चेम्बरका सदस्य तथा पेशागत क्षेत्रका लागि नेतृत्व विकास, डिजिटल रूपान्तरण, कृत्रिम बुद्धिमत्ता (एआई), वित्तीय व्यवस्थापन, आपूर्ति शृङ्खला, अन्तर्राष्ट्रिय व्यापार तथा वातावरणीय, सामाजिक एवं सुशासन (भ्क्न्) लगायतका विषयमा विशेष तालिम तथा कार्यकारी शिक्षा कार्यक्रम सञ्चालन गरिनेछ । साथै स्टार्टअप प्रवद्र्धन, नवप्रवर्तन मार्गदर्शन, लगानीकर्ता सम्मेलन, व्यापार संवाद, नीतिगत अनुसन्धान तथा भविष्यमुखी शैक्षिक कार्यक्रमहरूमा समेत सहकार्य गरिनेछ ।

समझदारीपत्रमा नेपाल चेम्बर अफ कमर्सका तर्फबाट स्टार्टअप तथा इनोभेसन समितिका सभापति एवं कार्यसमिति सदस्य पंकज जालान तथा बेनेट विश्वविद्यालयका प्रमुख सञ्चालन अधिकृत (सीओओ) सेन्थिल कुमारले हस्ताक्षर गरेका छन् । यो सम्झौता पाँच वर्षसम्म लागू रहनेछ र आपसी सहमतिमा यसको अवधि थप गर्न सकिने व्यवस्था गरिएको छ ।

सो अवसरमा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा आर्थिक सम्बन्ध समयसँगै अझ सुदृढ बन्दै गएको उल्लेख गर्दै शिक्षा, प्रविधि, नवप्रवर्तन र उद्यमशीलताको क्षेत्रमा भएको यो सहकार्यले द्विपक्षीय सम्बन्धलाई नयाँ आयाम प्रदान गर्ने विश्वास व्यक्त गरे ।

अध्यक्ष अग्रवालले वर्तमान विश्व अर्थतन्त्र कृत्रिम बुद्धिमत्ता (एआई), डिजिटल रूपान्तरण, नवप्रवर्तन र ज्ञानमा आधारित उद्योगतर्फ तीव्र रूपमा अग्रसर भइरहेका बेला नेपालका उद्यमी, युवा, स्टार्टअप र व्यवसायीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि आवश्यक सीप, प्रविधि र अवसरसँग जोड्नु अत्यन्त आवश्यक रहेको बताए । भारतको प्रतिष्ठित टाईम्स ग्रुपद्धारा प्रबद्र्धित बेनेट विश्वविद्यालयसँगको सहकार्यले आधुनिक प्रविधि, अनुसन्धान, कार्यकारी शिक्षा तथा नवप्रवर्तनलाई निजी क्षेत्रसँग जोड्दै नेपाली उद्यमीहरूलाई अन्तर्राष्ट्रिय ज्ञान, अनुभव, बजार तथा लगानीका अवसरसम्म पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ थियो ।

उनले एआईले मानव प्रतिभालाई प्रतिस्थापन गर्नेभन्दा पनि उत्पादकत्व, निर्णय क्षमता, नवप्रवर्तन र व्यवसाय विस्तारमा सहयोगी उपकरणका रूपमा काम गर्ने बताए । उनले आगामी दिनमा नेपाली व्यवसायीहरूलाई डिजिटल प्रविधि, डेटा, एआई तथा नवप्रवर्तनमैत्री व्यवसायिक वातावरणसँग अभ्यस्त बनाउन यस्ता अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको धारणा व्यक्त गरे ।
संझौता कार्यक्रममा बेनेट विश्वविद्यालयकातर्फबाट अन्तराष्ट्रिय बजार एभिपी सुुधिर कुमार पाण्डेले धारणा राख्दै यस समझदारीले ज्ञान, प्रविधि, अनुसन्धान, लगानी तथा उद्यमशीलताको आदान–प्रदानलाई थप सुदृढ बनाउँदै स्टार्टअप इकोसिस्टम, युवा उद्यमशीलता, रोजगारी सिर्जना, औद्योगिक प्रतिस्पर्धात्मकता तथा दिगो आर्थिक विकासमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरे ।

त्यस्तै चेम्बरका स्टार्टअप कमिटी सभापति पंकज जलानले आगामी दिनमा नेपाली व्यवसायीहरूलाई डिजिटल प्रविधि, डेटा, एआई तथा नवप्रवर्तनमैत्री व्यवसायिक वातावरणसँग अभ्यस्त बनाउन यस्ता अन्तर्राष्ट्रिय साझेदारी अपरिहार्य रहेको धारणा व्यक्त गरे । उनले मानव क्षमता र कृत्रिम बुद्धिमत्ताबीचको प्रभावकारी समन्वयका लागि संझौता भविष्यको आर्थिक विकासको आधार हुने विश्वास समेत व्यक्त गरे । संझौता कार्यक्रममा चेम्बरका स्टार्टअप कमिटी सदस्य योगेश क्षेत्री लगायतको उपस्थिती रहेको थियो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

प्रधानमन्त्रीले ‘क्रस कोइसन’ गर्दै डेढ घण्टा आफ्ना कुरा सुनेपछि ऊर्जा उद्यमी उत्साहित

प्रधानमन्त्री वालेन्द्र शाहले स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था इप्पान नेपालका...

कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका छ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण

कुमारी बैंकले शिक्षा क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले बाजुरा जिल्लाको...

कामना सेवा विकास बैंकद्वारा विद्यालयलाई सहयोग

कामना सेवा विकास बैंकले वीरेन्द्रनगर नगरपालिका वडा नं १,...

जुनसुकै शाखाबाट पनि निष्क्रिय खातालाई सक्रिय बनाउने वा बन्द गर्ने व्यवस्था मिलाउन निर्देशन

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको लागि निष्क्रिय...

नेपालमा लगानी विस्तार गर्न यूएईका लगानीकर्तालाई चन्द्र ढकालको आग्रह

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका...

अब AI ले गर्नेछ सार्वजनिक सवारीको अनुगमन: हरेक गाडीमा ५ क्यामेरा र SOS वटन अनिवार्य

सरकारले सार्वजनिक सवारी साधनमा प्रविधिमैत्री निगरानी प्रणाली लागू गरेको...
spot_img