Sunday, June 28, 2026
spot_img

भिजन इनर्जी एण्ड पावरको साधारणसभा आह्वान, आईपीओ निष्काशन प्रस्ताव

spot_img
spot_img

भिजन इनर्जी एण्ड पावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ  । कम्पनीले भदौ १४ गतेको लागी साधारणसभा आह्वान गरेको हो  ।

कम्पनीको साधारणसभामा आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, र वित्तीय विवरण स्वीकृत  गर्ने,  आर्थिक वर्ष २०८१/८२ को लागि लेखापरीक्षक नियुक्त गर्ने, र संचालक समितिको निर्वाचन गर्ने साधारण प्रस्ताव पेश हुने छ ।

कम्पनीको साधारणसभामा आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ । सभामा कम्पनीको अधिकृत र जारी पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, आईपीओ निष्काशन गर्ने, तथा आईपीओ निष्काशनको लागि लागि गर्नु पर्ने सम्पूर्ण कार्यको अख्तियारी संचालक समितिलाई दिने लगायतका प्रस्ताव पेश हुने छन्  ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरको ६५ करोड रुपैयाँ बराबरको कुल ६५ लाख कित्ता साधारण सेयर जारी गर्ने तयारी गरेको छ। यसको लागि कम्पनीले एनआईबिएल एस क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरिसकेको छ । भिजन इनर्जी एण्ड पावरले नुप्चे खोला र लिखु खोलाको पानी प्रयोग गरी रामेछापको उमाकुण्ड गा.पा. वडा नं. १ मा नुप्चे लिखु जलविद्युत आयोजना (५७.५ मेगावाट) निर्माण गरिरहेको छ ।  आयोजनामा सरकारी स्वामित्व रहेको एचआईडिसिएलको लगानी पनि रहेको छ ।

यस कम्पनीका अध्यक्ष टिएन आचार्य हुन् ।

 

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img