Wednesday, August 26, 2026
spot_img
spot_img

 हेम बहादुरमल्ल सम्मान डा. भेषबहादुर थापालाई प्रदान गरिने

spot_img

नेपाल जन-प्रशासन संघले वि. सं. २०७९ सालको हेमबहादुर मल्ल सम्मान डा. भेषबहादुर थापालाई प्रदान गर्ने भएको छ । सार्वजनिक वितरण क्षेत्रको संस्था साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडको सौजन्यमा सो संस्थाका प्रेसिडेन्ट एवं कुशल व्यवस्थापक स्व. हेमबहादुर मल्लको स्मृतिमा नेपाल जन-प्रशासन संघले वि सं २०७९ मा ‘हेमबहादुर मल्ल सम्मान’ स्थापना गरेको हो।   रु दुई लाख नगद राशीको यो सम्मान वर्षेनी प्रदान गरिन्छ।

पाँच दशकसम्म निरन्तर सार्वजनिक जीवनका आर्थिक, प्रशासनिक, प्राज्ञिक र कूटनीतिक क्षेत्रमा नेतृत्वदायी भुमिका निर्वाह गर्दै ती क्षेत्रको संस्थागत विकास र अन्तर्राष्ट्रियस्तरमा नेपालको राष्ट्रिय हित र श्रीवृद्धिको लागि पुर्याउनु भएको बहुमुल्य योगदानको कदरस्वरूप हेमबहादुर मल्ल सम्मान २०७९ डा. भेषबहादुर थापालाई प्रदान गरिने संघले जनाएको छ । यो सम्मान विशेष समारोह बीच आगामी २०८१ श्रावण २३ उनलाई प्रदान गरिनेछ ।

संघका अनुसार यस सम्मान छनौटका लागि नेपाल सरकारका पूर्व सचिव एवं पूर्व अर्थ मन्त्री शंकरप्रसाद कोईरालाको संयोजकत्वमा एक सम्मान छनौट समिति गठन गरिएको थियो सो समितिमा नेपाल जनप्रशासन संघका तत्कालीन् अध्यक्ष कृष्णहरि बास्कोटा, साल्ट ट्रेडिड कर्पोरेशन लिमीटेडका अध्यक्ष प्रदिपलाल श्रेष्ठ, सचिव विन्दु विष्ट र पूर्व सचिव शिशिर कुमार ढुंगाना सदस्य थिए ।

अघिल्ला वर्षहरूमा हेमबहादुर मल्ल सम्मानबाट केदारभक्त माथेमा, चादनी जोशी, डा. भगवान कोईराला, डा. विमल कोईराला, महावीर पुन, स्व अम्बिका श्रेष्ठ, भोजराज पोखरेल, दमननाथ ढुड्गाना, डा. सुरेशराज शर्मा, खिलराज रेग्मी, उमेश मैनाली, दामोदर गौतम, डा. देवेन्द्रराज पाण्डे, कुलमान घिसिङ, डा. सन्दुक रुइत, डा. गौरीशंकर लाल दास, सूर्यनाथ उपाध्याय, गोरक्ष बहादुर न्हुच्छे प्रधान र भानु आचार्य सम्मानीत भईसकेका छन्। डा. भेषबहादर थापा यो सम्मानबाट सम्मानित हुने २०औ व्यक्ति हुनेछन्।

स्वर्गीय हेमबहादुर मल्ललले साल्ट ट्रेडिंग कर्पोरेशनमा संस्थापक प्रमुख कार्यकारी प्रमुख, डाइरेक्टर इन्चार्ज र प्रमुख सल्लाहकार पदमा रही सेवा गरेका थिए। उनी नेसनल फाइनान्स कम्पनी लिमीटेड, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेड र सुवर्ण फर्मास्युटिकल्स लिमीटेडको पनि अध्यक्ष थिए ।

spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

भोटेकोशी बाढीमा परेर जलविद्युत क्षेत्रमा कार्यरत १९६ जना वेपत्ता

भोटेकोशी नदीमा आएको प्रलयकारी बाढीका कारण विभिन्न जलविद्युत आयोजना...

भोटेकोशी बाढी पश्चात बीमक संघको प्रतिवद्धताः दाबी भुक्तानी द्रूत गतिमा गर्छौँ

नेपाल बीमक संघले भोटेकोशी नदीमा आएको बाढीका कारण भएको...

भोटेकोशी बाढीः सिम्रिक एयरद्वारा दिनभर उद्दार उडान

भोटकोशी बाढीका कारण जनजीवन अस्तव्यस्त भएपछि निजी क्षेत्रको हेलिकप्टर...

स्काईवेलप्रति अवलोकनकर्ताको चासो: ‘५० लाखभन्दा कम मूल्यको सबैभन्दा लामो ईभी’

जारी ‘नाडा अटो शो २०२६’मा स्काईवेलप्रति अटोमोबाइल्स प्रेमीहरुले चासो...

३८९७ अर्ब पुग्यो नेपालको विदेशी विनिमय सञ्चिति

नेपालको कुल विदेशी विनिमय सञ्चिति बढेको छ । राष्ट्र...

मुक्तिनाथ म्युचुअल फण्ड २ ले धितोपत्र बोर्डबाट पायो अनुमति

नेपाल धितोपत्र बोर्डले मुक्तिनाथ क्यापिटललाइ नयाँ म्युचुअल फण्डको इकाई...