Thursday, July 2, 2026
spot_img

९.९५ मेगावाटको इसुवा अर्धजलाशययुक्त क्यासकेड २ आयोजना निर्माण गर्दै विष्ट इनर्जी

spot_img
spot_img

विष्ट इनर्जी हाउस प्रालिले ९.९५ मेगावाट क्षमताको इसुवा अर्धजलाशययुक्त क्यासेकेड २ जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले आयोजनाको विद्युत उत्पादन अनुमतिपत्रको लागि विद्युत विकास विभागमा आवेदन दिएको छ।

यो आयोजना कोशी प्रदेश, सङ्खुवासभा जिल्लाको मकालु गाउँपालिकामा निर्माण हुने छ । मकालु गाउँपालिका वडा नम्बर  १, ५, ६ र चिचिला गा.पा. ३ मा अरुण नदी र अप्सुवा खोलाको भन्दा माथिल्लो तटीय क्षेत्रमा अरुण नदीको दायाँ किनारमा इसुवा खोला PROR क्यास्केड ४०.१ मेगावाटको टेलरेसबाट निस्कने पानीलाई पुनः प्रयोग गर्ने गरी यो क्यास्केड आयोजना बन्ने छ । यस आयोजनाबाट वार्षिक सरदर ६७.६९ गिगावाट घण्टा विद्युत उत्पादन हुने छ ।

यस आयोजनाका प्रमुख संरचनाहरू कोशी प्रदेश, सङ्खुवासभा जिल्ला, मकालु र चिचिला गाउँपालिका अन्तर्गत अरुण नदीको दायाँ किनार क्षेत्रमा अवस्थित रहनेछन् । विद्युत उत्पादनका लागि इसुवा खोला PRoR क्यास्केड जलविद्युत आयोजनाको टेलरेसबाट निस्कने पानी हेडरेस पाइपमा फर्काउन बनाइने सङ्कलन पोखरीको कुल लम्बाइ २८ मि. को हुनेछ । हेडपोण्डमा spillway को Crest Elevation Level समुन्द्री सतहबाट ६५९.९० मि. उचाइमा रहनेछ । हेडपोण्ड RCC आयाताकार किसिमको हुनेछ । यसको आकार ३० मि. लम्बाइ, १० मि. चौडाइ र ४ मि. उचाइको हुनेछ ।

अरुण नदीको दायाँ किनारमा ५५५५.९२ मि. लम्बाइको हेडरेस पाइप प्रस्ताव गरिएको छ । यस पाइपको भित्री व्यास २.९० मि. हुने र मोटाइ १० मि.मि. को हुनेछ । Upsurge, downsurge र water hammer चापलाई थेग्नका लागि हेडरेस पाइप र पेनस्टक पाइपको Junction को बीचमा २.९० मि. व्यास र ३० मि. लामो सर्ज पाइप प्रस्ताव गरिएको छ । प्रस्तावित आयोजनामा १९२ मि. लामो स्टिल पेनस्टक पाइप प्रस्ताव गरिएको छ । यस पाइपको भित्री व्यास २.६० मि. को बीचमा हुनेछ। पाइपको मोटाइ १० मि.मि. देखि १२ मि.मि. सम्मको हुनेछ ।

अरुण नदीको दायाँ किनारमा सतही विद्युत गृह प्रस्ताव गरिएको छ । यस संरचना ३५.१० मि. लम्बाइ, २१.३० मि. चौडाइ र २२.८५ मि. उचाइको हुनेछ । विद्युत गृहभित्र २ वटा फ्रान्सिस टर्वाइनहरू रहनेछन् । आयोजनाको टेलवाटर लेभल समुद्री सतहबाट ५६६ मि. मा हुनेछ । विद्युत गृहबाट निस्किने पानी ४२.२० मि. लामो टेलरेस नहर मार्फत अरुण नदीमा छोडिनेछ । उक्त नहरको चौडाइ ३ मि. र उचाइ ३ मि. को हुनेछ।

यस आयोजनाबाट उत्पादन हुने विद्युत करिब १५ कि.मि. लामो प्रसारण लाइन मार्फत नेपाल विद्युत प्राधिकरणको शीतलपाटी सब-स्टेसनबाट राष्ट्रिय प्रसारण लाइनमा प्रवाह गरिनेछ । यो आयोजनाको Required Commercial Operation Date (RCOD) – चैत २०८५ (April, 2029) भित्र सम्पन्न गरी व्यावसायिक उत्पादन (COD) मा लैजाने लक्ष्य रहेको छ ।

यस कम्पनीका अध्यक्ष बिक्रम विष्ट हुन् ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सेबोनलाई ब्रोकर्सको १३ बुँदे सुझाव: कोल्याट्रल रकम अनिवार्य नगर्नेदेखि स्वतः EDIS गराउनेसम्म

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

स्टक ब्रोकर एसोसिएसन र धितोपत्र बोर्ड अध्यक्षबीच भेटवार्ता, के भयो कुराकानी ?

स्टक ब्रोकर एसोसिएसन अफ नेपालका पदाधिकारीले नेपाल धितोपत्र बोर्ड...

तोलामै ६२ सयले बढ्यो सुनको भाउ

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

भूमिहीन दलित तथा सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण सुरु

सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ...

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने

तेह्रथुम पावर कम्पनीले नर्थ समिट हाइड्रोमा लगानी गर्ने भएको...
spot_img