नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सानिगाड हाइड्रो लिमिटेडको शेयर सूचीकृत भएको छ। आज बुधबार कम्पनीको २ करोड ८५ लाख कित्ता शेयर सूचीकृत भएको हो।
शेयर सूचीकृत भएपछि बिहिबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। बिहिबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (SGHL) सिम्बलबाट कारोबार हुने छ।
कम्पनीले जेठ १८ गतेदेखि जेठ २१ गतेसम्म आम सर्वसाधारणलाई ४६ लाख ७४ हजार कित्ता शेयर निष्काशन गरेको थियो। यस कम्पनीले बझांगमा ३४.४६ मेगावाटको अपर कालंगा गाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ फागुन देखि व्यापारिक उत्पादन गरिरहेको छ।












