नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल श्रेष्ठ निर्वाचित भएका छन् । सन् २०२६–२०२७ कार्यकालका लागि श्रेष्ठ अध्यक्षमा निर्वाचित भएका हुन् ।
नवनिर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा प्रकिरण श्रेष्ठ र द्वितीय उपाध्यक्षमा आशिष भण्डारी चयन भएका छन् ।
कार्यकारी सदस्यहरूमा श्रद्धा कटुवाल, आशंक समशेर राणा, अनिष रौनियार, कुशल जोशी, अविशेष सारडा, रितेज श्रेष्ठ, अश्मी श्रेष्ठ, निरोज काफुले, क्षिजित थापा, निक्की श्रेष्ठ र अविनभ श्रेष्ठ चयन भएका छन् । च्याप्टर कोअर्डिनेटरमा पलिजा मानन्धनर चयन भएकी छिन् ।
एनवाईइएफले नवगठित कार्यसमितिलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै उद्यमशीलता पारिस्थितिकी प्रणालीलाई थप सशक्त बनाउन प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेको छ ।












