Tuesday, June 23, 2026
spot_img

रास्वपाको महाधिवेशनका कारण धितोपत्र बोर्ड अध्यक्षको पदबहालीमा ढिलाई

spot_img
spot_img

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको पदबहालीमा ढिलाई भएको छ। सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनको कारण उनको पदबहालीमा ढिलाई भएको हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले रास्वपाका उपसभापति छन्, र उनी हाल महाधिवेशनको लागि चितवनमा रहेका छन्। अर्थमन्त्री चितवनमा रहँदा नव नियुक्त अध्यक्ष डा. भट्टले नियुक्ति पत्र बुझ्न पाएका छैनन्। बोर्ड अध्यक्षले अर्थमन्त्रीबाट नियुक्ति पत्र बुझेर अर्थमन्त्री समक्ष नै पद तथा गोपनियताको सपथ लिने प्रचलन छ। त्यसपछि बल्ल बोर्डको कार्यालयमा पदबहालीको लागि जाने अभ्यास छ ।

तर मन्त्री नै चितवनमा रहेकोले नव नियुक्त अध्यक्षले नियुक्ति पत्र नै बुझेका छैनन् । डा. भट्टलाई असार ५ गते शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले बोर्ड अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो । सामान्यतया नियुक्तिको दोस्रो कार्य दिनमा नियुक्तिपत्र प्रदान हुन्थ्यो। नियुक्तिपछिको दोस्रो कार्य दिन असार ८ गते सोमबार रहेपनि मंगलबार बिहानसम्म डा. भट्टले नियुक्ति पत्र बुझेका छैनन् ।

मन्त्री चितवनबाट फर्किएपछि मात्र नियुक्ति पत्र बुझ्ने, सपथ लिने र पदबहालीको कार्य अघि बढ्ने बताईएको छ। रास्वपाको महाधिवेशन लम्बिएकोले अर्थमन्त्री रहेका डा. वाग्ले अझै केही दिन चितवनमै रहने सम्भावना छ। यससँगै बोर्डका नव नियुक्त अध्यक्ष डा. भट्टको पदबहालीमा थप ढिलाई हुने भएको छ।

बोर्डका नवनियुक्त अध्यक्ष डा. भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् । केन्द्रीय बैंकमा ३० वर्ष सेवा गरेर उनी सेवानिवृत्त भएका थिए । उनले ‘स्टक मार्केट इफिसियन्सी इन नेपाल’ विषयमा विद्यावारिधी गरेका छन् ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सम्पत्ति जफत सुस्त हुँदा नेपाल फेरि ‘ग्रे लिस्ट’मै, ‘हाईप्रोफाइल’बाटै २७ अर्ब जफत गर्न बाँकी

फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)ले नेपाललाई सम्पत्ति शुद्धीकरणको ‘ग्रे...

घट्यो सुनचाँदीको भाउ

आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला...

कालंगा हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

कालंगा हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

सानिगाड हाइड्रोको शेयर डिम्याट गराउन सम्झौता

सानिगाड हाइड्रो लिमिटेडले निष्काशन गरेको शेयर डिम्याट गराउन सिडिएससीसँग...

भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्या समाधानका लागि विशेष कार्यदल गठन

नेपालबाट भारततर्फ हुने चिया निर्यातमा देखिएका समस्याहरूको पहिचान र...

लालीगुराँस र आइडियल यमुना सहकारीका थप ७० जना बचतकर्ताको बचत फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र आइडियल यमुना...
spot_img