Thursday, August 6, 2026
spot_img

विश्वकपमा डेब्यू गरेको कुरासाओमाथि ४ पटकको विजेता जर्मनीद्वारा गोलको वर्षा

spot_img

चार पटकको विश्वकप फुटबल विजेता जर्मनीले फिफा विश्वकप २०२६ मा समूह ‘ई’ अन्तर्गत आफ्नो पहिलो खेलमा डेब्यु टोली कुरासाओमाथि ७–१ को फराकिलो जित दर्ता गरेको छ ।

जर्मनीले खेलको छैटौं मिनेटमै फेलिक्स निमेचाको गोलबाट अग्रता लियो । तर २१औं मिनेटमा लिभानो कोमेनेन्सियाले विश्वकपमा कुरासाओका लागि पहिलो गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

३८औं मिनेटमा निको स्लोटरबेकले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । पहिलो हाफको इन्जुरी समयमा काइ हाभर्ट्जले पेनाल्टीमार्फत गोल गरेपछि जर्मनी ३–१ ले अघि बढ्यो ।

दोस्रो हाफको सुरुमै जमाल मुसियालाले गोल थपे । त्यसपछि नाथानियल ब्राउन, डेनिज उन्डाभ र हाभर्ट्जले थप गोल गर्दै जर्मनीको जितलाई एकतर्फी बनाए।

हाभर्ट्जले २ गोल गरे भने निमेचा, स्लोटरबेक, मुसियाला, ब्राउन र उन्डाभले समान १–१ गोल गरे । जोशुआ किमिखले २ असिस्ट प्रदान गरे ।

कुरासाओले विश्वकपमा पहिलो पटक सहभागिता जनाएको हो । करिब एक लाख ५५ हजार जनसंख्या रहेको क्यारिबियन टापु राष्ट्रले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

सुनको भाउमा भारी वृद्धि, फेरि तोलाको ३ लाख नजिक

आज बिहिबार सुनचाँदीको भाउ बढेको छ । बुधबार प्रतितोला...

कर्मचारीको नयाँ तलबमानः २८ हजार ९८४ रुपैयाँदेखि ९० हजार ५९४ रुपैयाँसम्म (सूची)

बजेटमा घोषणा भए अनुसार कर्मचारीहरुको नयाँ तलबमान स्वीकृत भएको...

सरकारको खानी विधेयकः १ लाख जरिवानालाई १ करोड पुर्‍याइयो, उद्योगीको ‘गम्भीर आपत्ति’

सरकारले संसदमा दर्ता गराएको खानी तथा खनिज पदार्थसम्बन्धी कानूनलाई...

पल्सरको २५ वर्ष: ल्यायो कथा सुनाएर Pulsar NS400Z जित्ने अवसर

पल्सरको २५ वर्षे गौरवपूर्ण यात्रा मनाउने क्रममा बजाज ग्लोबलले...

तथ्याङ्क नियमावली संशोधन, विद्यार्थीलाई शुल्कमा छुट

सरकारले तथ्याङ्क (पहिलो संशोधन) नियमावली, २०८३ स्वीकृत गर्ने निर्णय...

यस्ता छन् आज बसेको मन्त्रिपरिषद् बैठकका ७ निर्णय

आज साउन २० गते बसेको मन्त्रिपरिषदको बैठकले विभिन्न ७...
spot_img