Monday, June 15, 2026
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

spot_img
spot_img

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुले सपथ लिएका छन्। आइतबार निर्वाचन समितिले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएको हो ।

 इप्पानको २४औँ वार्षिक साधारणसभाबाट मोहनकुमार डाँगीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो । शुक्रबार मध्यरातमा सप्पन्न साधारणसभाबाट नयाँ कार्यसमिति चयन गरेको थियो। डाँगी संस्थाको विधानअनुसार स्वतः अध्यक्ष बनेका छन् ।
वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन् । उपाध्यक्षहरूमा क्रमशः उत्तरकुमार श्रेष्ठ, नरेन्द्रबल्लभ पन्त, विक्रम विष्ट, सुशन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित निर्वाचित भएका छन् ।
महासचिवमा टेकनाथ आचार्य (टिएन आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन् । सचिव पदमा अभिषा मल्ल, ईशा श्रेष्ठ, कुवेरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन् ।
त्यसैगरी कोषाध्यक्ष पदका लागि भएको निर्वाचनमा शङ्कर बस्यालले २६७ मत प्राप्त गर्दै विजयी भएका छन् । उनीसँग प्रतिस्पर्धी गरेका मिथुन चक्रवर्तीप्रसाद पौडेलले ८२ मत प्राप्त गरेका छन्।
खुला सदस्यतर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कँडेल, मिलन खड्का तथा वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन् । महिला सदस्यमा ज्योति गैह्रे, प्रतिमा ज्ञवाली र संगीता धमला निर्विरोध निर्वाचित भएका छन् ।
निर्वतमान अध्यक्ष गणेश कार्की पनि कार्यसमितिमा रहने छन् ।
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...

युवाहरू विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेकोे छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा...
spot_img