Monday, June 15, 2026
spot_img

युवाहरू विदेशिनै पर्ने बाध्यता चिर्ने सुरुवात बजेटले गरेकोे छ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

spot_img
spot_img

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले युवाहरूले अब आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता सरकारले चिर्दै जाने र सुरुवात बजेटबाट भएको बताएका छन्। आइतबार काठमाडौँमा आयोजित राष्ट्रिय युवा उद्यमशीलता सम्मेलन २०८३ मा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। त्यसको सुरुवात आगामी वर्षको बजेटमार्फत गरिएको र पाँच वर्षमा त्यसलाई एउटा निष्कर्षमा पुर्‍याउने उनले बताए ।

“पछिल्लो १५–२० वर्षदेखि देशका युवाहरू आफ्नो सपना पूरा गर्न विदेशिनै पर्ने बाध्यता आइलागेको छ,” अर्थमन्त्री डा. वाग्लेले भने , “अब त्यस्तो स्थिति आउन नदिन जग बसाल्न बजेटबाट सुरु गरेका छौँ। त्यो बुझ्न बजेट पढ्नुहोस्। बजेटको कार्यान्वयनले त्यसको बाटो समात्छ।”

देशभरका युवा उद्यमीहरूलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. वाग्लेले करमा सहुलियत, बक्यौता उल्झनमा रहेका उद्यमी/व्यवसायीलाई छुटको सहुलियत, सरकारी प्रशासनको डिजिटलाइजेसन र सुशासनका एजेन्डा कार्यान्वयनले देश निर्माणको नयाँ बाटोलाई सङ्केत गर्ने बताए ।

करको दरहरू घटाएर एक लाख रुपैयाँसम्म कमाउने युवालाई करको झन्झटबाट मुक्ति दिइएको पनि उनले बताए।
यस्तै करको उल्झनमा परेका उद्योगी व्यवसायीलाई नयाँ सुरुवात गर्न सहुलियतपूर्ण घोषणा बजेटमा भएको भन्दै उनले त्यसको फाइदा लिन सबैलाई आग्रह गरे । बजेट बनाउँदा युवाहरूको उद्यमशील सोच र योजनालाई फैलाउने गरी धेरै सोचिएको र त्यसैअनुसारका कार्यक्रमहरू घोषणा भएको उनको भनाइ छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इप्पानकाे नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का नवनिर्वाचित कार्यसमितिका...

एनआईसी एशिया लघुवित्तको साधारणसभा सम्पन्न, नयाँ संचालक समिति चयन

एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौँ वार्षिक साधारण...

 गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले मनायो २४ औं वार्षिकोत्सव

गुहेश्वरी मर्चेन्ट बैैंकिङ्ग एण्ड फाइनान्सले  २४ औं वार्षिकोत्सव मनाएको...

असार महिनाको लागि नेपाल एसबिआई बैंकले तोक्यो नयाँ ब्याजदर, कुनमा कति ?

नेपाल एसबिआई बैंकले २०८३ असार महिनाको लागि नयाँ ब्याजदर...

हिरा र बहुमूल्य पत्थरमा भ्याट नलगाउन माग

नेपाल रत्न तथा आभुषण संघले हिरा तथा बहुमूल्य पत्थरमा...

‘आयुष पर्यटन र आरोग्य दशकले नेपाललाई विश्व स्वास्थ्य गन्तव्यका रूपमा स्थापित गर्छ’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाललाई...
spot_img