संयुक्त अरब इमिरेट्स (यूएई)को फ्लाई दुबईले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान अनुमति पाएको छ । २३ सेप्टेम्बर २०२६ देखि दैनिक उडान गर्ने गरी फ्लाई दुबईले अनुमति पाएको हो ।
अब पोखराबाट सिँधा दुबई हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्वसहित युरोप र अफ्रिकी देशमा समेत पोखराको पहुँच बढ्ने अपेक्षा गरिएको छ ।












