Tuesday, June 9, 2026
spot_img

हुन्डाईको विश्वकप अफर: ४ वर्षको वारेन्टी, ४ लाखसम्मको नगद छुट

spot_img
spot_img

नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा. लि. ले फिफा विश्वकप २०२६ (FIFA WORLD CUP 2026) सँग हुन्डाईको विश्वव्यापी साझेदारीको उत्सव मनाउँदै “ World Cup to World Cup ” अफर सार्वजनिक गरेको छ ।

फिफा विश्वकप २०२६ को आधिकारिक साझेदारका रूपमा हुन्डाईले गतिशीलता (mobility), जोश र प्रगतिका माध्यमबाट मानिसहरूलाई जोड्ने आफ्नो विरासतलाई निरन्तरता दिँदै आएको छ। यसै भावनालाई नेपालमा पनि विस्तार गर्दै नयाँ अफर ल्याएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यस योजना अन्तर्गत ग्राहकहरूले ४ वर्षको वारेन्टी, निश्चित मोडलहरूमा रु. ४ लाखसम्मको आकर्षक नगद छुटका साथै रु. ४४,४४४ सम्मको विशेष वर्ल्ड कप बोनस प्राप्त गर्न सक्नेछन्। यसका साथै १ वर्षको विस्तृत बीमा ( comprehensive insurance) र सहज स्पट एक्सचेन्ज तथा मूल्याङ्कनको सुविधा पनि उपलब्ध गराइएको कम्पनीले जनाएको छ। यो अभियानले ग्राहकहरूलाई एक विश्वकपदेखि अर्को विश्वकपसम्म साथ दिने गरी डिजाइन गरिएका विशेष स्वामित्व लाभहरू ( ownership benefits ) प्रदान गर्ने कम्पनीले उल्लेख गरेको छ।

कम्पनीले भनेको छ ‘यो अभियानले ग्राहकको सन्तुष्टि र लाभदायक स्वामित्व अनुभवप्रति हुन्डाईको निरन्तर प्रतिबद्धतालाई झल्काउँछ। आकर्षक बचत, बीमा लाभ, बोनस सुविधाहरू, र सहज एक्सचेन्ज सुविधाका साथै सबै हुन्डाई गाडीहरूमा ४ वर्षको गाडी वारेन्टी, ८ वर्षको हाई भोल्टेज ब्याट्री वारेन्टी, र ६ वर्षको निःशुल्क सर्भिसिङ उपलब्ध छ, जसले ग्राहकहरूलाई दीर्घकालीन मूल्य र पूर्ण ढुक्कता प्रदान गर्दछ।’

“ World Cup to World Cup ” अभियानमार्फत हुन्डाई स्वामित्व अझ बढी फलदायी, सुविधाजनक र भरोसायोग्य बन्ने कम्पनीले जनाएको छ। यो अफर सिमित समयको लागि रहेकोले कम्पनीले छिटो लाभ उठाउन आग्रह गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बजेट, कर तथा एमआरपी सम्बन्धी छलफल कार्यक्रम सम्पन्न

नेपाल उद्योग वाणिज्य संघ काठमाडौँले आगामी आर्थिक वर्षका लागि...

BMW को एउटै मोडलमा १ करोड ३० लाख मूल्य वृद्धि

नेपालमा BMW गाडीहरूको आधिकारिक आयातकर्ता तथा वितरक लक्ष्मी प्रिमियम...

नेप्सेमा एपोलो हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एपोलो हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

भारततर्फ सबैभन्दा बढी निकासी गर्ने उद्योगको रुपमा लिटमस इन्डस्ट्रिज सम्मानित

लिटमस इन्डस्ट्रिज लिमिटेडले नेपाल उद्योग परिसंघ (सिएनआई) को २३औँ...

नेपाल भित्रिँदै मेरियटको लक्जरी ब्राण्ड ‘जे डब्ल्यू’, एमएस ग्रुपले गर्‍यो सम्झौता

विश्व प्रसिद्ध चेन होटल ग्रुप मेरियट इन्टरनेशनलको लक्जरी ब्राण्ड...

अर्थमन्त्रीले कुन प्रदेश र पालिकालाई कति दिँदैछन् बजेट ? (सूचीसहित)

आगामी आर्थिक वर्ष २०८३/०८४ मा सरकारले स्थानीय तह र...
spot_img