Wednesday, September 9, 2026
spot_img

नेप्सेमा एपोलो हाइड्रोपावरको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

spot_img

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा एपोलो हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । आज सोमबार कम्पनीको४७ लाख कित्ता शेयर सूचीकृत भएको हो ।

शेयर सूचीकृत भएपछि मंगलबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। मंगलबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ।  नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (APHL) सिम्बलबाट कारोबार हुने छ।

नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।  कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीको अध्यक्ष आङ तेन्जी शेर्पा हुन् भने अन्य संचालकमा डिल्ली बहादुर गुरुङ, रेनुका गुरुङ, धन बहादुर बस्नेत, राजेन्द्र गुरुङ, रोजेन कुमार श्रेष्ठ र स्वतन्त्र संचालकमा विष्णु प्रसाद अधिकारी रहेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बाढीबाट निजी क्षेत्रमा भएको क्षतिबारे विश्व बैंकको चासो

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठ र विश्व...

प्रधानमन्त्री राहत कोषमा ११ अर्ब ७७ करोड संकलन

प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब रुपैयाँ जम्मा भएको...

बाढी प्रभावितका लागि युनिलिभर नेपालद्वारा ५ करोड सहयोग

युनिलिभर नेपाल लिमिटेडले बाढी प्रभावितहरुको राहत, उद्दवार र पुनर्स्थापनाका...

‘क्यू०५ को आरामदायी यात्राको कारण हो नौ तहमा तयार गरिएको सिट’

कुनै गाडीले पाँच मिनेटको सोरुम अवलोकनमा राम्रो प्रभाव पार्न...

‘नेपाल टी कलेक्टिभ’को चिया अब भाटभटेनीमा

नेपाली चियालाई ब्राण्डिङ र विश्व बजारमा बजारीकरण गरिरहेको ‘नेपाल...