Friday, July 24, 2026
spot_img

अर्थमन्त्रीकै अगाडि महासंघ अध्यक्षले भने, ‘करको भार घटेको छैन, नाम फेरिएको मात्रै हो’

spot_img

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेटले उद्योग र व्यवसायीका लागि करको भार अपेक्षित रुपमा नघटाएको बताएका छन् । महासंघले आयोजना गरेको ‘आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि नीति संवाद’ कार्यक्रममा अध्यक्ष श्रेष्ठले बजेटले करको वास्तविक भार अपेक्षित रूपमा नघटाएको बताएका हुन् ।

‘३६० वस्तुको अन्तःशुल्क खारेज गरिएको घोषणा सतहमा स्वागतयोग्य देखिन्छ । तर वास्तवमा तीमध्ये धेरैलाई आन्तरिक उत्पादन प्रवर्धन तथा संरक्षण शुल्क र स्वच्छ पूर्वाधार लगानी शुल्कमा समायोजन गरिएको छ’ उनले भने, ‘फलस्वरूप, उद्योगी र उपभोक्तामाथिको करको वास्तविक भार त्यति घट्दैन । नाम फेरेर भार कायम राख्ने यस्तो प्रवृत्तिले नीतिगत पारदर्शिता माथि प्रश्न खडा गर्छ ।’

साथै, कच्चा पदार्थमा दिइएको राहत पनि सतही भएको उनको टिप्पणी छ । २७३ प्रकारका औद्योगिक कच्चा पदार्थमा भन्सार दर घटाइनु राम्रो कदम भएपनि यी मध्ये अधिकांश वस्तु सहायक कच्चा पदार्थ मात्रै भएको र मुख्य कच्चा पदार्थमा ठोस राहत नआएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।

‘स्वदेशी उत्पादनलाई साँचो अर्थमा प्रतिस्पर्धी बनाउने हो भने मूल कच्चा पदार्थसम्म राहत पुग्नुपर्छ’ उनले थपे ।

यसैगरी, साना किसानमाथि प्रत्यक्ष असर पर्ने व्यवस्था आत्मनिर्भरताको लक्ष्यसँग बाझिएको भन्दै उनले साना किसानले प्रयोग गर्ने कृषि औजारमा भन्सार दर एक प्रतिशतबाट पाँच प्रतिशत पुर्याइएको बताए । यसले प्रत्यक्ष रूपमा कृषकलाई मार पार्ने भन्दै महासंघको तर्फबाट यस्तो भन्सार दरलाई साविककै एक प्रतिशत कायम गर्न माग पनि गरेका छन् ।

यस्तै, लामो समयदेखि थन्किएका कर विवादलाई एक प्रतिशत थप शुल्कमा फस्र्योट गर्ने छूट स्किम स्वागतयोग्य रहेको तर कर विवाद निरूपणको समयसीमा साँघुरो रहेको बताए । यसको अवधि २०८३ पुस मसान्तसम्म मात्र तोकिनु अपर्याप्त भन्दै लक्षित करदातालाई पर्याप्त रूपमा समेट्न यो समयसीमा कम्तीमा चैत मसान्तसम्म विस्तार गर्नुपर्ने आवश्यकता औल्याएका छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

हेलिकप्टरमा सामान ढुवानी गरेर बडीमालिकामा टेलिफोन र इन्टरनेट पुर्याईने

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले बाजुरा जिल्लाको बडीमालिका...

Short Selling लाई बजारले adopt गर्यो भने दैनिक खर्बको कारोबार हुनसक्छ (भिडियो)

नेपाल धितोपत्र बोर्डले शेयरबजारमा short selling कारोबार सुरु गर्नको...

प्रियराज रेग्मीको नेतृत्वमा महासंघको पुँजीबजार समिति गठन, यी हुन् १७ सदस्य

नेपाल उद्योग वाणिज्य महासंघमा पुँजीबजार समिति गठन भएको छ।...

१५ दिनपछि नेपाली युवालाई विदेश पठाउन रोक्ने म्यानपावर व्यवसायीको चेतावनी

वैदेशिक रोजगार व्यवसायी संघले आफूहरुका माग सम्बोधन नगरिए १५...

तोलामा ५८ सयले घट्यो सुनको भाउ

आज शुक्रबार सुनचाँदीको भाउ घटेको छ । बिहिबार प्रतितोला...

आज निर्यातजन्य उद्योगका व्यवसायीसँग छलफल गर्दै प्रधानमन्त्री

प्रधानमन्त्री वालेन्द्र शाहले आज नेपालका प्रमुख निर्यातजन्य उद्योगव्यवसायसँग आबद्ध...
spot_img